२०८३ बैशाख १५
April 28, 2026, Tuesday

जसपा नेपालको सङ्घर्षका कार्यक्रम सुरु, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

जसपा नेपालको सङ्घर्षका कार्यक्रम सुरु, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

कोशीपारी अनलाईन, काठमाण्डौं
मंसिर १०, २०८२

जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गर्ने भएको छ ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।
त्यसैगरी जसपा नेपालले मङ्सिर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।
जसपा नेपालले मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आएका माग र मुद्दाहरु अङ्कित प्लेकार्ड, ब्यानरसहित जिल्ला सदरमुकामहरूका जिल्ला प्रशासन कार्यलयहरू अगाडी शान्तिपूर्ण धर्ना कार्यक्रम गर्ने निर्णय गरेको छ भने मङ्सिर २७ गते देखि पौष ४ गते सम्म जिल्ला स्तरीय विरोध सभा/जनसभा आयोजना गर्ने बताइएको छ ।
जसपा नेपालको प्रदेशस्तरीय जनप्रदर्शन एवं विरोध सभाका कार्यक्रमअन्तर्गत पुस १२ गते विराटनगरमा, पुस १४ गते जनकपुर, पुस १५ गते विरगंज, पुस १७ गते भैरहवामा तय गरिएको छ ।
यसका अतिरिक्त अन्य विरोधका कार्यक्रमहरु पार्टीको जिल्ला समिति वा प्रदेश समितिले निर्णय गर्न सक्ने बस्नेतले बताएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ मंसिर १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ मंसिर १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ मंसिर १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP