२०८३ बैशाख १५
April 28, 2026, Tuesday

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह

मेलम्ची खानेपानीको अवरोध हटाउन मन्त्री घिसिङद्वारा हेलम्बु गाउँपालिकालाई आग्रह

कोशीपारी अनलाइन
कात्तिक २४, काठमाण्डौं

ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले मेलम्ची खानेपानी आयोजनाको मुहान क्षेत्रमा भइरहेको अवरोध हटाउन हेलम्बु गाउँपालिकालाई आवश्यक पहल गर्न आग्रह गरेका छन् ।
मन्त्री घिसिङले हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई समस्या समाधानका लागि सहयोग र पहल गर्न आग्रह गर्दै विगतमा भएका सम्झौताअनुसार आयोजना प्रभावितले राखेका माग वार्ता र छलफलमार्फत समाधान गर्न सरकार तयार रहेको बताएका छन् ।
उनले काठमाडौं उपत्यकामा पानी आपूर्ति रोकिएपछि स्थिति गम्भीर बनेको बताउँदै छिटो समस्याको समाधान गर्न पहल भइरहेको जानकारी दिए ।
अध्यक्ष शेर्पाले पनि सरकारले विगतका सम्झौताहरु कार्यान्वयन गर्नुपर्ने बताएका छन् । उनका अनुसार, आयोजनाले लिएको जग्गा तथा घरभाडा, विगतको निर्माण व्यवसायी सीएमसीका सामान आपूर्तिकर्तालाई भुक्तानी, मेलम्ची बजारदेखि मेलम्ची घ्याङसम्मको सडक निर्माण र सुन्दरीजलमा प्राप्त हुने पानीको बिक्री रकमको २५ प्रतिशत हेलम्बु गाउँपालिकाको विकासका लागि उपलब्ध गरिनु आवश्यक छ ।
यसअघि २१ असोज २०८१ मा मेलम्ची खानेपानी बाढीपीडित संघर्ष समिति, हेलम्बु गाउँपालिका र गाउँपालिकामा क्रियाशील राजनीतिक दलका प्रतिनिधिहरूबीच सहमति भइसकेको थियो ।
प्रधानमन्त्री शुशीला कार्कीले पनि मेलम्ची खानेपानीमा देखिएको समस्या समाधानका लागि निर्देशन दिएकी छन् र हाल प्रधानमन्त्रीकै नेतृत्वमा पानी मन्त्रालयको जिम्मेवारी सञ्चालन भइरहेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक २४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP