२०८३ बैशाख १०
April 23, 2026, Thursday

ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’

ओलीद्वारा जेनजी आन्दोलनको आलोचना : ‘युवाको नाममा अराजकता मच्चाइयो’

कोशीपारी अनलाइन
कात्तिक २३, काठमाण्डौं

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा देशमा अराजकता फैलाउने प्रयास भएको बताएका छन् ।
आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ नेपालको तेस्रो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै ओलीले युवाको नाममा हिंसा, तोडफोड र आगलागी गराइएको दाबी बताएका हुन् ।
उनले भने, ‘नेपालको जन र धनको क्षति गराउने खालका क्रियाकलापहरुलाई आन्दोलन, क्रान्ति, परिवर्तनका नामबाट ग्लोरीफाई गर्न खोजियो । तर त्यसको आडमा देशलाई असंवैधानिक र अराजकतातर्फ धकेल्ने प्रयास भयो, जुन जेनजी आन्दोलनमा देखियो ।’
उनले यस्तो अवस्थालाई लामो समयसम्म रहन दिन नहुने उल्लेख गर्दै यसको जिम्मेवारी नेपाली जनता, विशेषगरी युवाका काँधमा रहेको बताए ।
ओलीले भने, ‘युवाहरुको काँधमा जिम्मेवारी यस कारण पनि आएको हो कि जेनजी भन्ने कुरा कुनै मानव विकासको अवधिसँग होइन, कम्प्युटर साइन्सको विकास अवधिसँग सम्बन्धित हो । तर त्यसलाई युवाहरुसँग जोडेर, उनीहरुलाई भावनात्मक रूपमा प्रयोग गर्न खोजियो ।’
उनले जेनजी आन्दोलनका नाममा उठाइएका मागहरु मध्ये धेरै जायज रहेको पनि बताए । ‘भदौ २३ र २४ गते माइतीघर मण्डलामा आएका युवाहरुले राम्रा मागहरु राखेका थिए,’ ओलीले भने, ‘तर ती माग, आन्दोलन र मुद्दा युवाहरुका हातबाट खोस्ने तत्वहरु पहिले नै त्यहाँ जम्मा भइसकेका थिए । युवाका नाममा विनाश अरुले मच्चाए, तर त्यसलाई जेनजी आन्दोलन भनियो ।’
अध्यक्ष ओलीले भदौ २४ गते देशभर भएको आगलागी र तोडफोड पूर्वनियोजित भएको दाबी पनि गरे । उनले भने ‘२४ गतेको हिंसा र क्षति २३ गतेको गोलीकाण्डसँग प्रत्यक्ष सम्बन्धित थिएन । त्यो त घटना हुनुभन्दा पहिले नै म्याप बनाई योजना अनुसार गरिएको थियो ।’
ओलीले युवाहरुलाई संयमित, जिम्मेवार र देशहितमा उभिन आह्वान समेत गरे । ‘हामीले यस्तो परिस्थिति निरन्तर रहन दिनु हुँदैन । यो देश युवाकै काँधमा टेकेर अघि बढ्छ, त्यसैले युवाले भावनामा होइन, विवेकमा आधारित भएर देशको भविष्य तय गर्नुपर्छ ।’

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक २३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक २३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP