२०८३ बैशाख १७
April 30, 2026, Thursday

जेन्जी आन्दोलनमा क्षतिग्रस्त ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सहयोग गरेबापत पत्रकार रामजी बगालेलाई विशेष सम्मान

जेन्जी आन्दोलनमा क्षतिग्रस्त ट्राफिक कन्ट्रोल रूम पुनर्निर्माणमा सहयोग गरेबापत पत्रकार रामजी बगालेलाई विशेष सम्मान

कोशीपारी अनलाइन
कात्तिक १२, काठमाण्डौं

जेन्जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको काठमाडौं उपत्यका ट्राफिक कन्ट्रोल रूम गैरआवासीय नेपाली संघ (एनआरएनए)को करिब ७५ लाख रुपैयाँ लागतमा पुनर्निर्माण सम्पन्न भएको छ । एनआरएनएको पहल र सहयोगमा सम्पन्न पुनर्निर्माण कार्यले प्रवासी नेपाली र मातृभूमिबीचको सम्बन्धलाई थप सशक्त बनाएको भन्दै सरोकारवालाहरूले प्रशंसा व्यक्त गरेका छन् ।
सो अवसरमा सञ्चार माध्यमको तर्फबाट उल्लेखनीय सहयोग र सक्रियता देखाएबापत जनसवाल राष्ट्रिय दैनिकका सम्पादक तथा अध्यक्ष रामजी बगालेलाई नेपाल प्रहरीका एआईजी दानबहादुर कार्की र एनआरएनए अध्यक्ष महेश कुमार श्रेष्ठले संयुक्त रूपमा प्रमाणपत्रसहित विशेष सम्मान प्रदान गरे ।
सम्मान ग्रहण गर्दै बगालेले भने, “यो सम्मान मेरो पत्रकारिता यात्राको प्रेरणाको श्रोत बनेको छ। यसले मेरो मनोबल र जिम्मेवारी दुबै बढाएको छ। आगामी दिनमा प्रवासी नेपालीका आवाजलाई अझ सशक्त रूपमा उठाउँदै अघि बढ्नेछु।”
ट्राफिक कन्ट्रोल रूमको पुनर्निर्माण कार्य एनआरएनएका उपाध्यक्ष तथा विपत् व्यवस्थापन समितिका संयोजक मनोज श्रेष्ठ, महिला संयोजक रश्मि थापा र अन्य टिम सदस्यहरूको सक्रियतामा छोटो समयमा सम्पन्न गरिएको हो। उपस्थित अतिथिहरूले एनआरएनएको यो योगदानले मातृभूमिप्रति प्रवासी नेपालीहरूको प्रतिबद्धता झल्काएको भन्दै सराहना गरेका थिए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP