२०८३ बैशाख ८
April 21, 2026, Tuesday

नेपाल संवत्‌ले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ : प्रधानमन्त्री

नेपाल संवत्‌ले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ : प्रधानमन्त्री

कोशीपारी अनलाइन
कात्तिक ५, काठमाण्डौं

नेपाल सम्वत् ११४६ न्हूदँ समारोह समितिको आयोजनामा मंगलबजारमा भव्य समारोह सम्पन्न भएको छ । कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीले देश र समाजप्रतिको सामाजिक उत्तरदायित्व र एकताको सन्देश दिएकी छन् ।
समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले नेपाल संवत् राष्ट्रको मौलिक पहिचान, गौरव र सामाजिक न्यायको प्रतिक भएको बताउँदै यसको संवर्धन र प्रवर्धनमा सरकार प्रतिबद्ध रहेको स्पष्ट पारिन् ।
‘नेपाल संवत्‌् नेपाली धर्तीमा जन्मिएको संवत् हो । यसले नेपाली मौलिकता, राष्ट्रियता र सामाजिक इतिहास बोकेको छ,’ प्रधानमन्त्रीले भनिन्, ‘शंखधर साख्वाःले देखाउनुभएको सामाजिक एकता, त्याग र परोपकारको बाटो आज पनि हाम्रो मार्गदर्शक बन्न सक्छ ।’
प्रधानमन्त्री कार्कीले सम्वत्का प्रवर्तक शंखधर साख्वाःको सामाजिक योगदानको उच्च प्रशंसा गर्दै उनीप्रति श्रद्धासुमन अर्पण गरिन् । उनले करिब ११४६ वर्षअघि राजा राघवदेवको शासनकालमा ऋणमा परेका नागरिकहरूको ऋणमोचन गरीसामाजिक न्यायको ऐतिहासिक उदाहरण प्रस्तुत गरेको स्मरण गराइन् ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले पछिल्लो समय देशमा देखिएको राजनीतिक सचेतना र नागरिक आन्दोलनप्रति पनि प्रतिक्रिया जनाउँदै भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिन् ।
प्रधानमन्त्रीले नागरिक सरकारको प्रमुख जिम्मेवारी संविधानको दायरामा रही सुशासनको सुनिश्चितता गरेको उल्लेख गर्दै आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउने प्रतिवद्धता दोहोर्याइन् ।
कार्यक्रममा विविध सांस्कृतिक झाँकी र प्रस्तुतिहरू समेत देखाइएको थियो । समारोहमा विभिन्न सम्मानित व्यक्तित्व तथा संस्थाहरुलाई नेपाल सम्वत् संरक्षण र समृद्धिमा योगदान पुर्‍याएकोमा सम्मान समेत प्रदान गरिएको थियो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ कार्तिक ५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ कार्तिक ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ कार्तिक ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP