२०८३ बैशाख ५
April 18, 2026, Saturday

मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन 

मन्थलीमा बन्यो तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्रको आफ्नै भवन 

कोशीपारी अनलाइन संवाददाता
असोज ३०, काठमाण्डौं

रामेछाप । तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको आफ्नै भवन बनको छ ।
भिजन हिमालय फाउण्डेसन स्विजरल्याण्ड र तिलगंगा सर्जिकल सामुदायिक आँखा केन्द्र रामेछापको संयुक्त लगानीमा मन्थलीको तामाकोसी सेवा समिति परिसरमा आँखा केन्द्रको दुई तले भवन बनेको हो ।
कूल डेढ करोड रुपैँयाको लागतमा बनको भवनमा ५५ प्रतिशत लगानी भिजन हिमालय फाउण्डेसन स्विजरल्याण्डको रहेको आँखा केन्द्रका अध्यक्ष डा.सुमन कर्माचार्यले जानकारी दिए ।
नवनिर्मित भवनको भिजन हिमालय फाउण्डेसन स्विजरल्याण्डका उपाध्यक्ष डा. रोमन ग्रेम्जरले उद्घाटन गरे । भवन उद्घाटन अघि भएको प्रेस ब्रिफिङ कार्यक्रममा डा.रोमनले आफू सन् १९९६ मा पहिलो पटक नेपाल आएको बताउँदै त्यस यता तिलगंगा आँखा प्रतिष्ठानसँग मिलेर आँखा उपचार शिविर सञ्चालन गरेको बताए ।
फाउण्डेसनले आँखा उपचार केन्द्र स्थापनाको लागि पनि सहयोग गर्दै आएको उनले जानकारी दिए । कार्यक्रममा तिलगंगा आँखा प्रतिष्ठानका बाह्य कार्यक्रम संयोजक डा.मोहनकृष्ण श्रेष्ठले रामेछाप तिलगंगा आँखा प्रतिष्ठानले रामेछापमा तामाकोसी सेवा समितिसँग मिलेर २४ वर्षदेखि सेवा दिँदै आएको जानकारी दिए ।
नयाँ भवन बनेपछि सर्जिकल केन्द्रमा आँखाको अप्रेसन सहितको विशिष्ट सेवा सञ्चालन हुनसक्ने बताए । काठमाडौं बाहिर नुवाकोट र धादिङमा यस्तो भवन बनिसकेको जानकारी दिँदै उनले रामेछापको भवन काठमाडौं बाहिरको तेस्रो भवन भएको बताए ।
उनले तिलगंगा आँखा केन्द्रले आँखा स्वास्थ्यको क्षेत्रमा गरेको काम बारे जानकारी दिँदै रामेछापमा मात्र २४ वर्षका अवधिमा एक लाख बढी आँखाका रोगीलाई सेवा दिइसकेको बताए । तिलगंगाले आँखासँग सम्बन्धित मुख्य ६ वटा कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै उनले समुदाय स्तरसम्म आँखा उपचार सेवा पुर्‍याउन प्रतिष्ठानले काम गर्दै आएको जानकारी दिए ।
श्रेष्ठले आँखा उपचार सेवाको लागि प्रतिष्ठान पत्रकारसँग पनि मिलेर काम गर्न तयार रहेको बताए । उनले रामेछापका पत्रकारको निःशुल्क आँखा उपचारको लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । नेपाल पत्रकार महासंघको जिल्ला शाखासँग सम्झौता नै गरेर सो कार्यक्रम सञ्चालन गरिने श्रेष्ठले बताए ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP