२०८३ बैशाख ९
April 22, 2026, Wednesday

जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता

जसपाका मधेस प्रदेशका सांसद सरोज कुमार सिंह पुनः पक्राउ, विशेष अदालतमा मुद्दा दर्ता

कोशीपारी अनलाइन संवाददाता
असोज ३०, काठमाण्डौं

सर्लाही ।जनता समाजवादी पार्टी (जसपा) नेपालको मधेश प्रदेश सांसद सरोजकुमार सिंह कुशवाहा पुनः पक्राउ परेका छन् । सांसद विकास कोषको रकम हिनामिना गरेको आरोपमा आयोगले उनलाई बिहीबार साँझ काठमाडौं महानगरपालिका–१०, रत्नराज्य स्कुल नजिकैबाट पक्राउ गरेको हो ।
आयोगले विशेष अदालत काठमाडौँबाट पक्राउ पूर्जी जारी गरी सिंहलाई नियन्त्रणमा लिएको बताइएको छ। उनीमाथि विकास कोषका योजनाबाट नक्कली उपभोक्ता समिति बनाएर रकम हिनामिना गरेको अभियोग छ । आयोगले उनलाई आजै विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको जनाएको छ ।
आयोगले उनिसहित १६ जना विरुद्व मुद्दा दायर गरेको छ । गत २९ जेठमा पनि सिंहलाई अनामनगरबाट पक्राउ गरी बयान लिएर तारेखमा छाडिएको थियो । तर, पछिल्लो अनुसन्धानमा उनले उपभोक्ता समितिहरूको नाममा कोषको रकम जम्मा गरी सो रकमबाट करिब ३७ प्रतिशत कमिसन आफ्नै र श्रीमतीको बैंक खातामा सारेको प्रमाण फेला परेको आयोगको दाबी छ ।
उनले आफ्ना निजी सचिव विनोदकुमार लाल कायस्थमार्फत रकम हिनामिना गरेको पाइएको छ। आयोगले कायस्थलाई गत १२ असोजमा पक्राउ गरेको थियो। अब आयोगले दुवैजनासँगै सो प्रकरणमा संलग्न अन्य उपभोक्ता समितिका पदाधिकारीहरूमाथि पनि भ्रष्टाचार मुद्दा दर्ता गर्ने तयारी गरेको छ। महोत्तरी क्षेत्र नम्बर–४ (ख) बाट निर्वाचित सिंह पूर्व गृह राज्यमन्त्री (आन्तरिक मामिला) समेत हुन् ।
उनीमाथि भ्रष्टाचार मुद्दा दायर भएपछि मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले उनको प्रदेश सांसद पद निलम्बन भएको पुष्टि गरेका छन्। भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३, अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ का दफा १७ र १९, साथै संविधानको धारा १८७(६) अनुसार सिंह स्वतः निलम्बनमा परेका हुन्।
सिंहको निलम्बनसँगै मधेस प्रदेशसभामा निलम्बित सांसदको संख्या तीन पुगेको छ। यसअघि नेकपा एमालेका सांसद दीपेन्द्र ठाकुर भ्रष्टाचार मुद्दामा र अर्का सांसद मधेस आन्दोलनका क्रममा सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा जन्मकैद सजाय पाएपछि निलम्बनमा परेका थिए। अख्तियारले यो प्रकरणमा थप अनुसन्धान जारी रहेको र संलग्न अन्य व्यक्तिहरूमाथि पनि कानुनी प्रक्रिया अघि बढाइने जनाएको छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP