२०८३ बैशाख १५
April 28, 2026, Tuesday

प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई, खेल क्षेत्रको विकासमा थप जोड दिन आग्रह

प्रचण्डद्वारा नेपाली क्रिकेट टोलीलाई बधाई, खेल क्षेत्रको विकासमा थप जोड दिन आग्रह

कोशीपारी अनलाइन
असोज ३०, काठमाण्डौं

माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओमानमा जारी टी–२० विश्वकप एसिया–इएपी छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै लगातार दोस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।
दाहालले जारी गरेको सन्देशमा भनेका छन्, ‘देशमा राजनीतिक जटिलता र असहज वातावरण रहेको समयमा धैर्य, संयमता र अनुशासनका साथ देखाइएको असाधारण प्रदर्शन साँच्चै प्रशंसनीय उपलब्धि हो ।’
उनले नेपाली राष्ट्रिय टोली, प्रशिक्षक मण्डल, नेपाल क्रिकेट संघ (क्यान) र सम्पूर्ण खेल परिवारलाई बधाई दिँदै आगामी विश्वकप प्रतियोगिताका लागि सफलता कामना गरेका छन् ।
सन्देशमा दाहालले आफ्नो नेतृत्वमा रहँदा खेलकुद क्षेत्रमा गरिएको पहललाई स्मरण गर्दै त्यसलाई अझ सशक्त र सघन रूपमा अगाडि बढाउन पनि सरकार र सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
उनले क्रिकेटको विकास, स्टेडियम निर्माण तथा खेलाडीहरूको प्रोत्साहनका कार्यक्रमहरूलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन ३०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP