२०८३ बैशाख ९
April 22, 2026, Wednesday

देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली

देशलाई सुशासन, विकास र शान्तिको बाटोमा फर्काउन जरुरी छ : अध्यक्ष ओली

कोशीपारी अनलाइन संवाददाता
असोज २९, काठमाण्डौं

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले देश हाल गम्भीर राजनीतिक संकटतर्फ धकेलिएको भन्दै प्रतिक्रान्तिका लक्षणहरू देखा परेको चेतावनी दिएका छन् । एमाले केन्द्रीय कमिटीको १० औँ बैठकलाई सम्बोधन गर्दै ओलीले वर्तमान अवस्था लोकतान्त्रिक मूल्य–मान्यतामाथि प्रहार भएको बताएका हुन् ।
उनले देश अप्रत्याशित रूपमा प्रतिक्रान्तितर्फ अग्रसर भइरहेको छ र यदि यो अवस्थामा प्रभावकारी हस्तक्षेप गर्न नसकेमा मुलुक बर्बादीको दिशामा जाने खतरा बढ्दो भएको बताए । उनले भने, ‘आज देश अप्रत्याशित रूपमा एउटा प्रतिक्रान्तिको घटना घटेको छ । यदि हामीले प्रभावकारी ढंगले काम गर्न सकेनौं भने देश प्रतिक्रान्तितर्फ धकेलिएको छ, देश बर्बादीतर्फ धकेलिएको छ ।’
अध्यक्ष ओलीले यो अवस्थालाई लोकतान्त्रिक, जनपक्षीय, शान्तिपूर्ण, सुशासनयुक्त, भ्रष्टाचारमुक्त र विकासमुखी बाटोमा फर्काउनु अत्यावश्यक रहेको बताए । उनले भने, ‘देशलाई हामीले अगाडि लानै पर्छ । हामी प्रहारको अन्यभन्दा बढी निशाना भएका छौं । किन? हामीले नराम्रो काम गरेकै कारण होइन, हामीले नराम्रो नीति ल्याएकै कारण पनि होइन । हाम्रा नीतिहरू राम्रा भएका कारण हामी निशाना भएका हौं । लोकतन्त्र मन नपर्ने र तानाशाही सोच राख्ने तत्वहरूले हामीलाई प्रहार गरेका छन् ।’
अध्यक्ष ओलीले एमालेसँग देशको समृद्धि र विकासका लागि स्पष्ट दृष्टिकोण र कार्यदिशा रहेको दाबीसमेत गरेका छन् । उनले पार्टीको जिम्मेवारी अहिलेको परिस्थितिमा अझ महत्वपूर्ण भएको भन्दै सबै तहका नेताहरूलाई जिम्मेवार ढंगले अघि बढ्न आह्वान गरे ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP