२०८३ बैशाख ९
April 22, 2026, Wednesday

विदेशीकोे डिजाइनमा जेनजी आन्दोलन भयो, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ

विदेशीकोे डिजाइनमा  जेनजी आन्दोलन भयो, फागुन २१ मा निर्वाचन असम्भव : दुर्गा प्रसाईँ

कोशीपारी अनलाइन संवाददाता
असोज २७, काठमाण्डौं

मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जेनजी आन्दोलनपछि देशमा विदेशीहरुको प्रभाव बढेको बताएका छन् । उनले विदेशीहरुले नै एउटा कोठामा बसेर र डिजाइन गरेर अन्तरिम सरकार बनाएको आरोप लगाएका छन् ।
सोमबार झापाबाट फर्किनेक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा संचारकर्मीहरुसँग कुरा गर्दै भाद्र २३ गते दुई घन्टामात्रै जेनजी आन्दोलन भएको ठोकुवा गर्दै २३ गते १ बजेपछि आन्दोलन पूरै विदेशीको कब्जामा गएको बताए ।
उनले देशलाई विघटन गर्नको लागि देशका सम्पूर्ण संरचनाहरुमा आगजनी गरिएको बताए ।
उनले भने,‘भाद्र २३ गतेको जेनजी आन्दोलनमा दुई घण्टा मात्र बच्चाहरुले गरेका हुन् । ११ बजेदेखि १ बजेसम्म आन्दोलन जेनजीहरुको थियो । १ बजेपछिको आन्दोलन पूरै विदेशीको कब्जामा गयो । देशको ऐतिहासिक दस्तावेज राख्ने सिंहदरबारदेखि विभिन्न सार्वजनिक संरचनाहरुमा आगो लगाइयो । देशलाई विघटन गर्नको लागि भएका संरचनाहरु सबैमा आगो लगाइयो । एउटा कोठामा आन्दोलनको डिजाइन भयो ।’
सरकार डलरमा आएको भन्दै उनले नीतिगत रुपमा देश कब्जा मात्र गरेको बताए । उनले आगामी फागुन २१ गते निर्वाचन नुहने दाबी समेत गरे ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २७

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP