२०८३ बैशाख ४
April 17, 2026, Friday

गोदावरी नगरपालिकाद्वारा नेपाल प्रहरीलाई मोटरसाइकल सहित विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

गोदावरी नगरपालिकाद्वारा नेपाल प्रहरीलाई मोटरसाइकल सहित विपद् व्यवस्थापन सामग्री हस्तान्तरण

कोशीपारी अनलाइन संवाददाता
असोज २६, काठमाण्डौं

ललितपुर । गोदावरी नगरपालिकाले नेपाल प्रहरीलाई विपद् व्यवस्थापनका १७ प्रकारका सामग्री हस्तान्तरण गरेको छ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा आगलागीबाट क्षति पुगेका प्रहरी कार्यालयहरूलाई पुनः सञ्चालनमा सहयोग पु–याउने उद्देश्यले उक्त सामग्री हस्तान्तरण गरिएको हो।
नगरपालिकाले महानगरीय प्रहरी वृत्त चापागाउँ, प्रहरी प्रभाग लेले र प्रहरी प्रभाग बाँडेगाउँलाई आवश्यक सामग्री प्रदान गरेको हो। ती प्रहरी कार्यालयहरू आन्दोलनका क्रममा पूर्णरूपमा जलेर नष्ट भएका थिए।
हस्तान्तरण कार्यक्रम नगरप्रमुख गजेन्द्र महर्जनले प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको उपस्थितिमा ललितपुर जिल्ला प्रहरी परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) होविन्द्र बोगटीलाई सामग्री हस्तान्तरण गरेका हुन्।
नगरपालिकाले प्रदान गरेका सामग्रीहरूमा लेडर ग्लोब्स, कटन ग्लोब्स, टर्चलाइट, व्याकबोर्ड, फ्लासलाइट, डाइनामिक रेस्क्यु रोप, साबेल, पिक, सेफ्टी भेस्ट, स्टेचर, प्राथमिक उपचार बाकस, रेनकोट, लाइफ रिङ, थ्रो व्याग, सेफ्टी हेल्मेट र मेघाफोन माइक लगायतका सामग्री रहेका छन्।
यसका साथै नगरपालिकाले तीनवटा बाइक समेत प्रहरीलाई उपलब्ध गराएको छ।
यसबाहेक, गोदावरी नगरपालिकाले प्रहरी वृत्त चापागाउँ पुनर्निर्माणका लागि नगद १० लाख रुपैयाँ सहयोग गरेको छ।
नगरप्रमुख महर्जनका अनुसार वडा नम्बर १, १४, २ ,३ र ४ले प्रहरी प्रभाग बाँडेगाउँ पुनर्निर्माणमा सहयोग गरिरहेका छन् भने वडा नम्बर ५, ६, १० र ११ ले प्रहरी प्रभाग लेले र प्रहरी चौकी चापागाउँ पुनर्निर्माणमा सहयोग गरिरहेका छन्।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP