२०८३ बैशाख ९
April 22, 2026, Wednesday

नौं बँुदे माग राख्दै कांग्रेसका जेनजी पुस्ता सक्रिय

नौं बँुदे माग राख्दै कांग्रेसका जेनजी पुस्ता सक्रिय

कोशीपारी अनलाइन संवाददाता
असोज २६, काठमाण्डौं

नेपाली कांग्रेसका जेनजी युवाहरुले नौं बँुदे माग राख्दै विधानमा संशोधन गरी जेनजी उमेर समूहका युवाहरु समेट्न माग गरेका छन् ।
नेपाली कांग्रेसले दल भित्र पनि बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक रहेको भन्दै जेनजी युवाहरुले कांग्रेसलाई सुझाव दिएका हुन् ।
आइतबार अपिल पत्र निकाल्दै उनीहरुले भनेका छन्, ‘देशमा भ्रष्टाचार नियन्त्रण गर्न र सुशासन स्थापित गर्न हामी प्रतिवद्ध छौं । संगै, आफू आवद्ध रहेको दल, संस्था या समूहमा बदलिएको समय अनुरुपको बदलाव अत्यावश्यक छ त्यसकारण, हामी विनम्रतापूर्वक अपील गर्दछौं– ‘सबै बदलिऔं, सबै मिलेर देश बदलौँ ।’

पूरानै शैली र पूरानै प्रवृत्तिबाट नेतृत्व गर्न नसक्ने भन्दै प्रत्येक नयाँ या पूराना दलमा परिवर्तन जरुरी रहेको युवाहरुको भनाई छ ।
‘पूरानै शैली र पूरानै प्रवृत्तिबाट कसैले पनि नेतृत्व गर्न सक्दैन । अतः प्रत्येक नयाँ या पुराना दलमा परिवर्तन जरुरी छ । हामी प्रत्येक व्यक्तिको प्रवृत्तिमा अनि विचार समुहहरुको शैलीमा परिवर्तन जरुरी छ । हरेकको चरीत्रमा र समयको चित्रमा जबर्जस्त परिवर्तन जरुरी छ,’ अपिल पत्रमा उल्लेख गरिएको छ ।
यस्ता छन् ऐक्यवद्ध सुझाव र मागहरूः
१) मुलुकमा सुशासनको स्थापना जेनजी प्रदर्शनको मुलतः मुख्य माग थियो । नेपाली काँग्रेसले आफैं भित्र पनि ‘आन्तरिक सुशासन आयोग’ गठन गरोस् । जसले तिनै तहको सरकारमा गएका प्रतिनिधिको विगतका प्रवृत्ति समिक्षासँगै भविष्यमा जाने प्रतिनिधिको भुमिकालाई निश्चित मापदण्डका आधारमा अनुगमन गरेर, प्रोत्साहन, चेतावनी र कार्वाही सिफारिस गर्न सकोस् ।
२) नेपाली काँग्रेसले भदौ २३ गते नयाँ बानेश्वरको प्रदर्शनमा अत्याधिक बल प्रयोगको घटनाको गहिरो छानबिन र दोषिलाई कडा कार्वाही गर्ने भनि गरिसकेको निर्णयमा प्रष्ट ढंगले पार्टी उभियोस् ।
३) भदौ २४ गते जेनजीको प्रदर्शनमा घुसपैठ गर्दै देशव्यापी रुपमा भएको तोडफोड र आगजनीमा सामेल जो कोहि हुन्, दोषीलाई कार्वाहीको दायरामा ल्याइनु पर्छ यसो गर्नु भनेको, ‘निर्दोषलाई आरोपबाट मुक्तिको अवसर हो’ भनेर बुझाउन जरुरी छ । त्यो बुझाऔं ।
४) भ्रष्टाचारका हरेक प्रकरणको गहिराइमा गएर निष्पक्ष छानबिन गर्न नेपाली काँग्रेसको प्रष्ट प्रतिबद्धता र सहयोग रहनुपर्दछ ।
५) नियमित या विशेष महाधिवेशन अविलम्ब आयोजना गरेर परम्परागत राजनैतिक दलबाट आधुनिक दलका रूपमा नयाँ उर्जाका साथ अघि बढ्ने रोड म्याप नेपाली काँग्रेसले सार्वजनिक गर्नुपर्छ ।
६) काँग्रेस पार्टीको यौवन फर्काउन – आसन्न केन्द्रीय समितिको बैठकले बिधानमा संशोधनको ढोका खोलेर पार्टीको सबै तहमा प्रतिष्पर्धा मार्फत हाम्रो न्भलश् उमेर समुहको प्रतिनिधित्व सुनिश्चित गराउने प्रावधान व्यवस्था गरिनुपर्छ ।
७) फाल्गुण २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई सुनिश्चित बनाउने र निर्वाचन मार्फत लोकतान्त्रिक संविधानलाई सहज मार्गमा अघि बढाउने कार्यमा नेपाली काँग्रेस अग्रसर हुनुपर्दछ ।
८) जेनजी आन्दोलनको ताजा हुटहुटीलाई संस्थागत गर्दै फागुन २१ को निर्वाचनलाई मतदान संख्याका हिसाबले ऐतिहासिक निर्वाचन सुनिश्चित गर्न कांग्रेसले नवयुवा तथा आम नागरिकहरुलाई मतदाता दर्ता गराउनका निमित्त ‘ख्यतभ च्भबमथ ल्भउबुि अभियान संचालन गर्ने निर्णय गरोस्।
९) कांग्रेसमा नवयुवा जोड्ने नर्सरीका रूपमा रहेका नेपाल विद्यार्थी संघ लगायतका भातृ संस्थाहरूलाई पुनःपरिकल्पना र पुनःसंरचना गर्न अपरिहार्य छ।

यस विषयमा यथेष्ट छलफल गरी आवश्यक अध्ययनका लागि कार्यदल गठन गर्न विनम्र अनुरोध गर्दछौं।


सप्रेम,
विकल राई, खोटाङ, २५
साजन योञ्जन, सिन्धुपाल्चोक, २६
विनोद राज जोशी, दार्चुला, २५
करुणा कटुवाल, धनकुटा, २५
श्रीकृष्ण भट्टराई, रुपन्देहि, २८
दिनेश चौधरी, बर्दिया, २८
मनोज पुरि, काठमाडौं, २६
मञ्जु विश्वकर्मा, कपिल्वस्तु, २७
करिना पुरि, सिन्धुपाल्चोक, २३
सिर्जना स्नेहि, बझाङ, २६
गौरव पाण्डे, बारा, २२
मुना नेपाली, पाँचथर, २६
विजय पुन मगर, जाजरकोट, २६
किरण तिवारी, रुपन्देहि, २७
नीलम कार्की, झापा, २५
सन्तोष भण्डारी, गुल्मि, २४
आशा नामजाली मगर, कैलाली, २४
दिपेन धिमाल, झापा, २७
सुशील गोदार, कास्की, २६

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २६

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP