२०८३ बैशाख १३
April 26, 2026, Sunday

वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

वर्षा र हावाहुरीका कारण १५ प्रतिशत धान बालीमा क्षति

कोशीपारी अनलाइन संवाददाता
असोज २४, काठमाण्डौं

रौतहट । रौतहटमा भारी वर्षा र हावाहुरीका कारण रोपाइँ भएको धानको करिब १५ प्रतिशत क्षति भएको छ ।
यस वर्ष कुल ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली मध्ये वर्षाका कारण करिब १५ प्रतिशत अर्थात १६ हजार हेक्टर क्षेत्रफलको धानबाली नष्ट भएको भएको कृषि ज्ञान केन्द्र गौरले जनाएको छ ।
केन्द्रका प्रमुख सुरेन्द्र प्रसाद कुर्मीका अनुसार गत असोज १७ र १८ गतेको भारी वर्षा र हावाहुरीका कारण धान संगै तरकारी, केरा, उखु र फलफूलमा समेत क्षति पुर्‍याएको छ। वर्षाबाट १.३१ प्रतिशत हेक्टर क्षेत्रफल उखु, ४ सय हेक्टर क्षेत्रफलको तरकारी, २ सय हेक्टर क्षेत्रफलमा लगाइएको केरा र २.३२ प्रतिशत हेक्टरको फलफूलमा क्षति भएको उनले जानकारी दिए। बागमती, लालबकैया,चादी , झाझ र लमाहा नदिले धानबालीमा ठूलो क्षति पुर्‍याएको हो ।
यस बर्ष समयमा वर्षा नहुँदा रोपाइ चिन्तामा रहेका कृषकलाई भारी वर्षा र हावाहुरीले झन् पीडा दिएको छ । धानमा बाला लाग्ने बेला समयमा भएको वर्षाका कारण धान लडेपछि चिन्तामा रहेको कृषक रामनाथ पटेलले बताए ।
यति बेला धान बाली परिपक्व हुन्छ उनले भने केहि दिन अघिको भीषण वर्षाले क्षति गर्‍यो ।
अत्यधिक वर्षाले यहाका अधिकाश कृषकको धानबाली, तरकारी, उखु, केरा, फलफूलमा क्षति पुर्याएकाले विभिन्न निकाय संग सहयोगको अपेक्षा गरेका छन । यस विषयमा तीनै तहको सरकारले ध्यान दिनुपर्ने उनिहरुको माग छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP