२०८३ बैशाख ९
April 22, 2026, Wednesday

जनकपुर रुपेठा हिन्दू मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय

जनकपुर रुपेठा हिन्दू मुस्लिम विवाद : यस्ता छन् सर्वपक्षीय बैठकको निर्णय

कोशीपारी अनलाइन
असोज २१, काठमाण्डौं

जनकपुर । विगत केही दिनदेखि धनुषाको जनकपुरधाम उपमहानगरपालिका २० रुपेठमा भइरहेको हिन्दू र मुस्लिम समुदायबीचको विवादमा सर्वपक्षीय बैठकले तत्काल केही निर्णयहरु गरेको छ ।
सोमबार (आज) जनकपुरधामस्थित अधिकृत संगमको सभा हलमा बसेको सर्वपक्षीय बैठकले रुपेठामा भइरहेको हिन्दु र मुस्लिम समुदायबीचको विवादको सामाधानका लागि विभिन्न निर्णयहरु गरेको छ ।
बैठकपश्चात सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले रुपेठामा रहेको मुख्य विवादको जड तेलीया पोखरीमा नगरपालिकाको मात्र अधिकार रहने बताए ।
मेयर साहले तेलीया पोखरी नेपाल सरकारको सम्पत्ति रहेको र यसको अब पश्चात सम्पूर्ण रेखदेख जनकपुरधाम उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा गर्ने बताए । उनले सो विवादित पोखरीमा कुनै समुदायले कुनै किसिमको संरचना निर्माण गर्न नपाउने जानकारी दिए । मेयर साहले सो पोखरीलाई जनकपुरधाम उपमहानगरपालिकाले सौन्दर्यकरण गर्ने बताए ।
बैठकले रुपेठमा भएको हिन्दू र मुस्लिम समुदायबीचको विवादमा ढुंगामुढा गर्ने, घर जलाउने, सिसाको बोतल फ्याल्ने लगायतमा संलग्न सबै जनालाई पक्राउ गरी कानुन बमोजिम सजाय दिइने निर्णय गरेको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन २१

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP