कोशीपारी अनलाइन संवाददाता
असोज २०, काठमाण्डौं
इलामको सन्दकपुर गाउँपालिका–४ माबु इलाकामा गएको पहिरोमा परी घाइते भएका चार जनालाई सोमबार नेपाली सेनाले उद्धार गरेको छ ।
घटनामा एक जना पुरुष र तीन जना महिला –एक बालिका सहित) घाइते भएका थिए । घाइतेहरुको अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत सोमबार बिहान झापास्थित अस्पतालमा थप उपचारका लागि पठाइएको हो ।
नेपाली सेनाले आफ्नो उद्धार टोलीमार्फत पहिरो प्रभावित क्षेत्रमा तत्काल पुगेर घाइतेहरुलाई सुरक्षित स्थानमा ल्याई हवाईमार्गबाट अस्पताल पुर्याएको बताइएको छ ।
आइतबार पनि नेपाली सेनाले गर्भवती महिला सहित दुई जनालाइ उद्दार गरेर इटहरी उपचारका लागि ल्याएको थियो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...