२०८३ बैशाख ८
April 21, 2026, Tuesday

सर्लाहीमा भारि बर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

सर्लाहीमा भारि बर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन प्रशासनको आग्रह

कोशीपारी अनलाइन
असोज १८, काठमाण्डौं

सर्लाही । जिल्ला प्रशासन कार्यालय सर्लाहीले असोज १७ देखि २० गतेसम्म मनसुनजन्य भारी वर्षा हुने पूर्वानुमान रहेकाले जिल्लाभर बाढी, डुबान र पहिरोको जोखिम बढ्ने भन्दै नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
प्रशासनले शुक्रबार एक सूचना जारि गर्दै जिल्लावासीलाई अविरल वर्षाको कारणले जोखिम बढ्ने देखिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरेको हो। प्रशासनले १७ देखि २० गतेसम्म भारि वर्षाको सम्भावना रहेकाले अत्यावश्यक नपरी यात्रा नगर्न आग्रह गरेको छ ।
सम्भावित विपदजन्य घटनाबाट हुन् सक्ने क्षति न्यूनीकरणका लागि क्विक रेस्पोन्स टिम र इन्सिडेन्ट रिस्पोन्स टिम तयारी अवस्थामा राखिएको पनि जानकारी प्रशासनले दिएको छ ।


बागमती, लखनदेही, झिम र बकैया नदी किनार क्षेत्रमा भारि वर्षासँगै पानी पसेर आसपासका बस्ती डुबानमा पर्न सक्ने भएकाले प्रभावित नागरिकलाई आवश्यक परे स्थानीय तहले सुरक्षित स्थानमा सार्न भनिएको छ ।
त्यस्तै, विकास निर्माणसँग सम्बन्धित कार्यालयहरुले आफूसँग रहेका डोजरलगायतका उपकरणहरु र इन्धन ट्यांकर जस्ता उपकरण सुरक्षा निकायले राहत उद्वारको लागि खोजेको बखत उपलब्ध गराउने गरि तयारि अवस्थामा राख्न समेत आग्रह गरिएको छ।
स्थानीय तहका विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय, सरकारी तथा गैरसरकारी संस्था र स्वयंसेवकलाई निरन्तर समन्वयमा रही उद्धार तथा राहतका पूर्वतयारीमा लाग्न प्रशासनले आग्रह गरेको छ । संघ, प्रदेश र स्थानीय तहका सम्बन्धित निकायलाई पनि आकस्मिक अवस्थामा तत्काल सहयोग र राहत वितरणमा जुट्न आह्वान गरिएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन १८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन १८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP