कोशीपारी अनलाइन
असोज १५, काठमाण्डौं
महोत्तरी । महोत्तरीको हरिपुवा नगरपालिका–१, हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर सिंहका अनुसार मृतकहरूमा सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षीया सायदा खातुन, ६ वर्षीया सविवा खातुन, ८ वर्षीय डिल्लु मन्सुर र ९ वर्षीया नर्गिस खातुन रहेका छन् ।
घटनापछि स्थानीयले उनीहरूलाई उद्धार गरी प्रादेशिक अस्पताल मलङ्गवा पुर्याएका थिए । तर अस्पताल पुर्याएलगत्तै चिकित्सकहरूले चारै जनालाई मृत घोषणा गरेको हो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...