
असोज १२, काठमाण्डौ
भाद्र २३ र २४ को घटना सम्बन्धी जाँचबुझ गर्न गठन भएको आयोगले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित ५ जनाको विदेश भ्रमण रोक लगाउन सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरको छ ।
आयोगको आज बसेको बैठकले पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, पूर्व गृह सचिव गोकर्णमणि दुवाडी, पूर्व राष्ट्रिय अनुसन्धान प्रमुख हुतराज थापा र पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल अनुसन्धानको दायरामा रहेको भन्दै उक्त निर्णय गरेको हो ।
बैठकपछि प्रेस विज्ञप्ती जारी गर्दै आयोगले भनेको छ, ‘घटनाहरुको छानविन तथा जाँचबुझको सिलसिलामा उक्त व्यक्तिहरु अनुसन्धानको दायरामा रहेको हुँदा निजहरुको विदेश भ्रमण रोक लगाउन आवश्यक कारवाही गर्नहुन तथा छानविनका लागि कुनैपनि समयमा आयोगमा उपस्थित हुनु पर्ने हुँदा आयोगको स्वीकृति बेगर काठमाडौं उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।’
आयोगले भाद्र २३ र २४ गतेको घटनाहरुको छानबिन गरी प्रतिवेदन पेश गर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारी रुपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकोले थप जनशक्तिको लागि गृह मन्त्रालयमा लेखी पठाउने समेत निर्णय गरेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...