२०८३ बैशाख १५
April 28, 2026, Tuesday

जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरुको सपना पूरा गर्नुपर्छ : प्रवेश दाहाल

जेनजी आन्दोलनमा शहीद र घाइते भएकाहरुको सपना पूरा गर्नुपर्छ : प्रवेश दाहाल

कोशीपारी अनलाइन संवाददाता
असोज १२, काठमाण्डौं

जेनजीको आधिकारिक वार्ता टोलीले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारमाथि कारबाहीको माग गरेको छ ।
काठमाडौंमा आयोजित वार्ता टोली घोषणा कार्यक्रममा बोल्दै टोलीका सदस्य प्रवेश दाहालले शहीद र घाइतेको सपना पूरा गर्न वर्तमान सरकारले जिम्मेवारी लिनुपर्ने बताएका हुन् ।
उनले भने, ‘हाम्रो माग भनेको तत्कालीन सरकार, विशेषतः केपी ओलीको सरकारलाई कारबाही गर्नुपर्छ भन्ने हो । गर्छ कि गर्दैन भनेर हामी आशावादी मात्रै भएर बस्न सक्दैनौं । अहिलेको सरकारले त्यसबारे स्पष्ट कदम चाल्नैपर्छ ।’
दाहालले भने, ‘ओली नेतृत्वले जेनजी शहीद र घाइतेहरूप्रति धोका दिएको आरोप लगाउँदै भने, उनले शहीद र घाइतेको सपनामाथि खेलवाड गर्न खोजिरहनु भएको छ । यतिखेर त्यो सपना पूरा हुनुपर्छ । जनताले परिवर्तन चाहेका छन्, त्यसैले हामी सबै युनाइटेड हुनुपर्छ ।’
उनले समाजमा कुनै पनि व्यक्ति वा समूहलाई खण्डित गर्न नचाहेको स्पष्ट पार्दै नेपाली जनता र जेनजीबीच एकता अपरिहार्य रहेको धारणा राखे । ‘हामी कुनै पनि व्यक्तिलाई खण्डविखण्ड गर्न चाहँदैनौं । सबै नेपाली एकजुट हुनुपर्छ, जेनजी पनि एकजुट हुनुपर्छ,’ उनले भने, ‘नेपाली जनताले जेनजीलाई सुझाव र सल्लाह दिनुपर्छ।’

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन १२

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन १२

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP