२०८३ बैशाख १४
April 27, 2026, Monday

सहकारी नियमन प्राधिकरण र चार्टड एकाउन्टेन्टस्‌बीच समझदारी

सहकारी नियमन प्राधिकरण र चार्टड एकाउन्टेन्टस्‌बीच समझदारी

कोशपिारी अनलाइन
असोज १०, काठमाण्डौं

राष्ट्रिय सहकारी नियमन प्राधिकरण र नेपाल चार्टड एकाउन्टेन्टस् संस्था बीच सहकार्य गर्ने समझदारी भएको छ । शुक्रबार पत्रकार सम्मेलनमार्फत सहकार्य गर्ने समझदारी गरेका हुन् ।
यसैगरी बचत तथा ऋणको मुख्य कारोवार गर्ने सहकारी संस्थाका लागि लागू हुने ‘दर्ता अभिलेखीकरण मापदण्ड, २०८२’ सार्वजनिक गरेको छ । साथै, सहकारी नियमनको प्रभावकारिता बढाउने उद्देश्यले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँग आपसी समझदारीपत्रमा समेत हस्ताक्षर गरिएको छ ।
ललितपुरको पुल्चोकस्थित प्राधिकरणको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा, सहकारी ऐन, २०७४ संशोधनपछि गठन भएको प्राधिकरणले सहकारी दर्ता, अनुगमन, सुपरीवेक्षण तथा नियमन कार्यलाई प्राविधिक र पारदर्शी बनाउनेतर्फ अघि बढिरहेको जानकारी गराइएको छ ।
बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड, २०८२ अन्तर्गत अब संघ, प्रदेश र स्थानीय तहमा सञ्चालित सो प्रकारका सहकारीहरूले अनिवार्य रूपमा प्राधिकरणमा दर्ता गराउनु पर्नेछ ।
आगामी असोज महिनादेखि अनलाइन दर्ता प्रक्रिया सञ्चालनमा ल्याइने प्राधिकरणले जनाएको छ ।
उक्त समझदारीले दिगो वित्तीय अनुशासन, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्न सहयोग पुर्‍याउने प्राधिकरणको विश्वास छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन १०

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन १०

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP