२०८३ बैशाख १४
April 27, 2026, Monday

पूर्वप्रहरी संगठनद्वारा मन्त्रिमण्डलमा सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको माग

पूर्वप्रहरी संगठनद्वारा मन्त्रिमण्डलमा सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको माग

कोशीपारी अनलाइन
असोज ८, काठमाण्डौं

पूर्व प्रहरी संगठनले हालको मन्त्रिमण्डलमा अन्य विज्ञहरु भएपनि सुरक्षा विज्ञ नभएको कारण पूर्व सुरक्षाकर्मी समूहबाट सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि प्रधानमन्त्री सुशीला कार्कीसमक्ष माग गरेको छ ।
बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्व प्रहरी संगठनले जेन–जी आन्दोलनका क्रममा सुरक्षा निकायहरुले हारेको टिप्पणी गर्दै सुरक्षाविद्सहितको सेक्युरिटिज रिसर्च निकाय गठनको लागि माग गरेका हुन् ।
पूर्व प्रहरी संगठनका अध्यक्ष वशन्त कुँवरले जनपद प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासँग सरकारले ‘तपाईँहरु किन हार्नुभयो ?’ भनेर प्रश्न गर्नुपर्ने बताए ।
शासन सत्ता उल्टिने, सम्पूर्ण सरकारी भवनहरु जल्ने अवस्था सिर्जना हुनुमा प्रहरी संगठनलाई कमजोर पार्नु मुख्य कारण रहेको उनले बताए ।
उनले भने, ‘सुरक्षा फौज हार्छ भने सुरक्षा फौजलाई पालेको किन ? सेनाको रोल के थियो ? उहाँहरुले आफ्नो काम गर्न सक्नुभयो कि भएन ? सशस्त्रको रोल के थियो ? उहाँहरुले आफ्नो काम गर्न सक्नुभयो कि भएन ? हामीलाई कुन प्रधानमन्त्री मन पर्यो, कुन मन परेन, कुन दलको छ ? त्यो हामी एकछिन विर्सिऊँ । अबको नेपालको समस्या के आयो भने कुनै पनि सरकार नटिक्ने भयो । त्यसकारण हाम्रो भनाइ के हो भने, सरकारले सोधोस् कि– तपाईँहरु किन हार्नुभयो ?’
यस्तै, पूर्व एसएसपी प्रदीप कुमार श्रेष्ठले नेपाल पूर्व प्रहरी संगठनले जेन–जी आन्दोलन र वर्तमान सरकारप्रति समर्थन जनाएको बताए ।
‘नेपाल पूर्व प्रहरी संगठन सुशासनको लागि जेन–जी पुस्ताद्वारा अगाडि सारिएको पवित्र उद्देश्यको हामी समर्थन गर्छौं । अहिले देशमा जेन–जी पुस्ताले जुन किसिमको आन्दोलन गर्यो, जसरी अहिले परिवर्तन आएको छ, सरकार गठन भएको छ । यो आन्दोलनलाई नेपाल पूर्व प्रहरी संगठनले पूर्ण रुपमा समर्थन गर्दछ,’ उनले भने ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन ८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन ८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन ८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP