कोशीपारी अनलाइन संवाददाता
असोज ८, काठमाण्डौं
महान्यायाधिवक्ता सविता भण्डारीले सूचनाको हक सम्बन्धी अभ्यास अझै पनि अपूर्ण रहेको बताएकी छन् । अन्तर्राष्ट्रिय सूचना दिवस २८ सेप्टेम्वर २०२५ कार्यक्रममा बोल्दै उनले सूचनाको पहुँचलाई सहज बनाउनेतर्फ सरकारी निकायहरु जिम्मेवार हुनुपर्नेमा जोड दिएकी छन् ।
‘अहिले पनि सूचनाको कुरामा हाम्रो बुझाइ सबैको फरक छ,’ भण्डारीले भनिन्, ‘सूचना भनेको तत्कालै उपलब्ध हुने कुरा हो । तत्काल नहुने भए सात दिनभित्र उपलब्ध गराउने कानुनी व्यवस्था छ । तर अहिलेको चलन भने निवेदन सात दिन थन्क्याएर त्यसपछि फेरि सात दिनपछि मात्रै जानकारी दिने गरिएको छ, जुन नियमविपरीत हो ।’
महान्यायाधिवक्ता भण्डारीले सूचनाको हक कार्यान्वयनमा राज्य गम्भीर नदेखिएको टिप्पणी गरिन् । ‘हामीले सूचनाको हकलाई व्यवहारमा उतार्ने प्रयास त गरेका छौं, तर त्यसमा अझै पनि धेरै काम गर्न बाँकी छ,’ उनले भनिन् ।
उनले देशमा प्रशस्त प्राकृतिक स्रोत र सम्पदा भएको उल्लेख गर्दै तिनको उचित प्रयोग गर्न नसकेकोमा पनि चिन्ता व्यक्त गरिन् । ‘हामीसँग स्रोत र साधन छन्, तर तिनको उपयोग गर्न सकेका छैनौं,’ उनले भनिन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...