२०८३ बैशाख ४
April 17, 2026, Friday

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस्

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेले भने : रगतमाथि खेलबाड नहोस्

कोशीपारी अनलाइन संवाददाता
असोज ४, काठमाण्डौं

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेहरुले आफूहरुको रगतमाथि खेलबाड नहोस् भन्ने चाहेको बताएका छन् । उनीहरु आफंैले कसैलाई सत्तामा पुर्याउन भन्दापनि समाजमा व्याप्त भ्रष्टाचार र कुशासन अन्त्यको लागि बलिदान गरेको बताए ।
शनिबार संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा घाइते अछामका आदित्य रावलले आफूहरुले कसैलाई कुर्सीमा पुर्याउनको लागि आन्दोलन नगरेको बताए ।
उनले सरकारले सहिद परिवार र घाइतेको जीविकोपार्जनबारे ठोस कार्यायोजना बनाउनु पर्ने माग समेत गरे । अहिले सरकारले दिएको सहयोग प्राप्त नहुने समेत बताए ।
त्यसैगरी घाइते गुल्मीका गोकर्ण विस्ट, हुम्लाका सुरेश ऐडीले आफूहरु त्रासको वातावरण बसेको बताइन् । उनले घाइतेको उपचारसँगै भयरहित वातावरण बनाउन सरकारसँग आग्रह गरेका छन् ।
त्यस्तै, घाइते प्रकाश विष्टकी दिदी दुर्गा विस्टले आफ्‌ना भाइहरुको रगत खेर जाने अवस्था सिर्जना भए आफूहरु पनि सडकमा निस्किन बाध्य हुने चेतावनी समेत दिइन् ।
घाइते आफन्त सरस्वती रावलले घाइतेहरुले अस्पतालकै बेडमा आफ्‌नो रगत खेर जाने अवस्था आउछ कि भन्ने चिन्तामा रहेको बताइन् । उनले देश र जनताको लागि बगेको रगत खेर जानु नहुने बताइन् ।
कार्यक्रममा पूर्णबहादुर भण्डारीले जेनजी पुस्ताले गरेको आन्दोलनमा आफूहरुको समर्थन रहेको बताउँदै बलिदान खेर जाने अवस्था आउन नदिन सबै लाग्नुपर्ने बताए ।
जेनजी अगुवा सुप्रिया नेपालीले राजनीतिक स्थिरताको लागि आफूहरुले रगत बगाएको, विज्ञहरुको मन्त्रिपरिषद्, पूर्णसमानुपातिक निर्वाचन प्रणाली, शिक्षा, स्वास्थ्य निःशूल्क, २०४६ यता उच्च तहमा पुगेका राजनीतिज्ञ र प्रशासकहरुको सम्पत्ति छानबिन गर्नुपर्ने माग रहेको बताइन् । आफूहरुका माग पूरा नभए आन्दोलन जारी रहने चेतावनी समेत दिइन् ।
कार्यक्रममा जेनजी आन्दोलनका अगुवा प्रकाश रावलले २३ गतेको आन्दोलन देशको मुहार फेर्न भएको थियो । देशको बनाउन जन्मेका युवा भएको बताउँदै आफूहरुको शान्तिपूर्ण विरोध प्रदर्शनमा सरकारले ताकिताकी गोली चलाएको बताए ।
सरकारले गोली हान्ने आदेश नदिएको भन्ने निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भनाईमा रावलले भने, ‘सरकारले गोली हान्ने आदेश दिएको होइन कसले गोली हानेको हो ?, छानबिन गर्नुपर्छ ।’ उनले भ्रष्टाचार, कुशासनको विरुद्ध शान्तिपूर्णरुपमा विरोध प्रदर्शनमा उत्रिएको बताए ।
रावलले पत्यक्ष कार्यकारी निर्वाचित शासकीय स्वरुप हुनुपर्ने बताउँदै त्यसको लागि संविधान संशोधन गरेरै भएपनि जनताबाट निर्वाचित प्रधानमन्त्रीको चुनाव हुनुपर्ने बताए । उनले सहिद र घाइतेको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताए ।
घाइते पत्रकार प्रेमराज राइका दाई पत्रकार चन्द्र ओमबुलेले घाइते पत्रकारलाई पनि वेवास्ता गरिएकोप्रति रोष व्यक्त गरे ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ आश्विन ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP