२०८३ बैशाख ९
April 22, 2026, Wednesday

जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर क्षतिग्रस्त

जेनजी आन्दोलनका नाममा विध्वंश, २० माओवादी नेताको घर क्षतिग्रस्त

कोशीपारी अनलाइन संवाददाता
भदौ २८, काठमाण्डौं
जेनजी प्रदर्शनमा माओवादीका २० जना नेताका घरमा आगजनीसहित लुटपाट भएको तथ्यांक निकालिएको छ ।
माओवादी केन्द्रले सार्वजनिक गरेको विवरण अनुसार भदौ २४ गते जेनजीहरुले गरेको प्रदर्शनमा २० जना माओवादी नेताको घर र पार्टी कार्यालयमा आगजनीसाथै लुटपाट भएको जनाइएको छ । पेरिसडाँडास्थित केन्द्रीय कार्यालयपनि क्षतिग्रस्त छ ।
जसमध्य अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त भएको छ ।
वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त पारिएको छ भने उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट भएको छ । त्यस्तै अन्य नेताहरुको घरमा लुटपाट र तोडफोड भएको थियो ।
आगजनी र लुटपाट भएका मन्त्रीहरुको सूची यसप्रकार छन् :
१. अध्यक्ष प्रचण्डको खुमलटारस्थित निवास र चितवनको घर, लुटपाट, तोडफोड र आगो लगाएर पूरै ध्वस्त,
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको हात्तीवनस्थित निवास लुटपाट गरेर पूरै ध्वस्त ।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटाको घर तोडफोड र लुटपाट गरेर पूरै ध्वस्त ।
४. उपाध्यक्ष नन्दकिशोर पुनको निवासमा आगजनी, तोडफोड र लुटपाट गरेर क्षतिग्रस्त ।
५. उपाध्यक्ष कृष्णबहादुर महराको दाङस्थित घर, तोडफोड र लुटपाट गरेर भग्नवशेषमा परिणत ।
६. उपाध्यक्ष पम्फा भुसालको निवास तोडफोड र लुटपाट ।
७. उपमहासचिव वर्षमान पुनको निवास, तोडफोड र लुटपाट ।
८. उपमहासचिव गिरिराजमणी पोखरेलको निवास तोडफोड र लुटपाट ।
९. सचिव चक्रपाणी खनालको घर, आगजनी, तोडफोड र लुटपाट ।
१०. केन्द्रीय सदस्य गंगा दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
११. केन्द्रीय सदस्य जीवन आचार्यको विराटनगरस्थित घर आगजनी, तोडफोड र लुटपाट ।
१२. केन्द्रीय सदस्य रेनु दाहालको घर आगजनी, तोडफोड र लुटपाट ।
१३. केन्द्रीय सदस्य माधव सापकोटाको घरमा आगजनी ।
१४. केन्द्रीय सदस्य राजन दाहालको घरमा तोडफोड र लुटपाट ।
१५. ⁠केन्द्रीय सदस्य विशाल खड्काको घर र गाडी पूरै ध्वस्त ।
१६. ⁠केन्द्रीय सदस्य युवराज चौलागाईंको घरमा आजगनी ।
१७. ⁠केन्द्रीय सदस्य उमेश यादवको घरमा तोडफोड, लुटपाट ।
१८. ⁠ केन्द्रीय सदस्य कमल बुढाथोकीको घरमा लुटपाट ।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारीको घर आगजनी गरेर ध्वस्त ।
२०. ⁠प्रदेश नं. १ को पार्टी कार्यालयमा तोडफोड ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ भाद्र २८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP