कोशीपारी अनलाइन
रामेछाप सदरमुकाम मन्थलीस्थित तामाकोसी अस्पतालमा मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु भएको छ ।
नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठान केयर ब्लाइन्डनेस प्रोजेक्ट, पीएसएफ लक्जेम्बर्गको सहयोगमा सामुदायिक विकास समाज मन्थलीले सञ्चालन गरेको महिला तथा बाल सशक्तीकरण स्वास्थ्य तथा सरसफाइ सुधार परियोजना र खाँडादेवी गाउँपालिकाको संयुक्त आयोजनामा शिविर सञ्चालन गरिएको हो ।
शिविरमा खाँडादेवी गाउँपालिकाका विभिन्न वडामा सञ्चालन भएका प्राथमिक स्वास्थ्य शिविरबाट छनोट भएका बिरामीको मोतियाबिन्दु शल्यक्रिया भइरहेको छ । शिविर दुई दिनसम्म चल्नेछ । सामुदायिक विकास समाज मन्थलीका निर्देशक मिलनकुमार घिसिङका अनुसार गाउँ गाउँमा पुगेका छनोट टोलीले सर्जरी आवश्यक बिरामी पहिचान गरी मन्थली ल्याइएको हो ।
‘मूलतः खाँडादेवीमा छनोट गरिएका आँखाका रोगीको लागि यो शिविर आयोजना गरिएको हो, तर यहाँ सोझै आएर सर्जरी गर्न चाहने बिरामीलाई पनि सुविधा दिइनेछ,’ निर्देशक घिसिङले बताए ।
आयोजक संस्थाले छनोट भएका बिरामीलाई घरदेखि ल्याएर उपचारपछि पुनः घरसम्म पुर्याउने व्यवस्था मिलाएको छ । यसरी सञ्चालन हुने आँखा शिविरलाई सामुदायिक विकास समाजले नियमित कार्यक्रमका रूपमा अघि बढाउँदै आएको छ ।
शिविरमा एक सयभन्दा बढी बिरामीको मोतियाबिन्दु सर्जरी हुने अनुमान गरिएको आयोजकले जनाएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...