काठमाडौं । आज नेप्सेमा परिसूचकमा गिरावट आएको छ । नेप्से बुधबार ९.२२ अंकले घटेर २७५७. ९७ विन्दुमा पुगेको हो ।आजको कारोबारमा विभिन्न ३१९ कम्पनीका एक करोड ६८ लाख ५५ हजार ९०६ कित्ता शेयर ५ अर्ब २ करोड १ लाख ४ हजार ८१६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.६९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.५० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२१ अंकले घटेको छ । अन्य सबै समूहमा एक प्रतिशतभन्दा कमले घटेका छन्। कारोबारमा आएक ३१९ कम्पनीमध्ये ८८ वटाको मूल्य बढेको छ। त्यस्तै, दुई सय २२ वटाको सेयर मूल्य घटेको छ। बुधबारबाट कारोबारमा आएको विकास हाइड्रोको सेयर मूल्य आज पनि बढेर सर्किट ब्रेक लागेको छ। सबैभन्दा धेरै १० प्रतिशतले बढेर कम्पनीको सेयर तीन सय ५३ रूपैयाँ ४० पैसा पुगेको छ।
त्यसैगरी रसुवागढी हाइड्रोपावरको शेयर मूल्य प्रतिकित्ता ८.९५ रुपैयाँले बढेर ३२१.४३ रुपैयाँमा अन्तिम कारोबार भएको छ भने सानीमा ग्रोथ फण्डको शेयर मूल्य ०.२९ रुपैयाँले बढेर प्रतिकित्ता १०.८४ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
यसदिन जनउत्थान सामुदयिक लघुवित्तको शेयर मूल्य प्रतिकित्ता ४.६५ प्रतिशतले घटेर १२६३.३६ रुपैयाँमा अन्तिम कारोबार भएको छ । सयपत्री हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ४.५३ प्रतिशतले घटेर ५७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस्तै, पञ्चकन्या हाइड्रोपावर लिमिटेडको शेयर मूल्य प्रतिकित्ता ३.०८ प्रतिशतले घटेर ३९६.०८ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।
आज नेपाल रिइन्स्योरेन्स कमपनी, हिमालयन रिइन्स्योरेन्स, बलेफि हाइड्रोपावर र बुटवल पावर कम्पनीको शेयर मूल्य सबैभन्दा धेरै कारोबार भएको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...