काठमाडौं ।आज देखि सुरु भएको नाडा अटो शोमा नेपालमै पहिलो पट्क फ्लाइङ ट्याक्सीको अनावरण भएको छ। मंगलबार काठमाडौंको भृकुटिमण्डप स्थीत १७ औं संस्करणको नाडा अटो शोको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले फ्लाइङ ट्याक्सीको अनावरण गरेका हुन्।
सो अवसरमा प्रधानमन्त्री ओलीले नेपालमा आधुनिक प्रविधिको प्रयोग बढ्दै गएको बताए । प्रधानमन्त्री ओलीले नेपालमा उड्ने कारलाई अनुमति नभए पनि नाडा अटो शोमा प्रदर्शनमा राखिनुलाई भविष्यको यातायातको रूपमा अर्थ्याए । नेपाल अब पनि तीव्र गतिमा अघि बढ्न नसकेको खण्डमा विकासमा पछि धकेलिने उनको भनाइ छ । नेपालमा ठूला यातायात पूर्वाधारमा राम्रो प्रगति भइरहेको उनले बताए ।उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए ।‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरू र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन ।
अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन ।नेपालमा फ्लाइङ ट्याक्सी सञ्चालनका लागि आवश्यक मापदण्ड नबनेकाले नाडाले अहिले यसलाई प्रदर्शनीका लागि मात्रै अटो शोमा राखेको जनाएको छ। नाडका अनुसार भविष्यमा यस सम्बन्धी मापदण्ड बनेमा मात्रै नेपालमा यो फ्लाइङ ट्याक्सी आधिकारीक रुपमा सञ्चालन गर्न सकिने बताइएको छ।
चीनको अग्रणी प्रविधि कम्पनी एक्सपेइएनजी एईरओएचटीले विकास गरेको ‘इभीटोल फ्लाइङ कार’ को अन्तर्राष्ट्रिय बजार मूल्य करिब १० लाख चिनियाँ युआन (करिब १ लाख ३७ हजार अमेरिकी डलर) अर्थात् नेपाली करिब १ करोड ८० लाख नेपाली रुपैयाँ पर्ने बताइएको छ। यसपटकको शोमा अवलोकनकर्ताले दिपलको उड्ने ट्याक्सी, मानवीकृत रोबोटको अवलोकन गर्न पाउने भएका छन् । अटो शोमा चारपांग्रे, दुईपांग्रेदेखि तिनका पार्टपुर्जाहरूसम्म प्रदर्शन गरिएका छन् ।हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।’
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...