ललितपुर।सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले अबको दुई वर्षभित्र राष्ट्रिय ‘जिडिपी’मा सूचना प्रविधि क्षेत्रको तीन प्रतिशत योगदान हुने बताएका छन् ।
राष्ट्रिय युवा सङ्घको आयोजनामा आज ललितपुरमा भएको ‘इन्टरनेसनल आइटी युथ कन्फ्रेन्स २०२५’लाई सम्बोधन गर्दै मन्त्री गुरुङले ‘डिजिटल’ नेपाल कार्यान्वयन गर्न ‘एआई’को प्रयोग गरेर उत्पादन बढाउन आठवटा क्षेत्र पहिचान गरेको उल्लेख गर्दै युवालाई सूचना प्रविधिको क्षेत्रमा लागेर आर्थिक लाभ हासिल गर्न आग्रह गरे ।
उनले भने, ‘डोटीबाट डोटेली भाषा र हामीले सुर्खेतको रेडियोबाट खस भाषाबाट सुचना दिन सुरु गरेका छौँ । क्षेत्रीयस्तरमा हुने कामहरु क्षेत्रीयस्तरमा गर्नसकिन्छ । भाषा मात्र हैन भाषाको विकासका लागि काम गर्नुपर्छ । त्यसको विकासका लागि व्याकरण, साहित्यहरुको विकास गर्न कार्यक्रमहरु बनाउनु पर्ला भनेर हामीले सुरु गरेको छौ । त्यहाँको स्थानीय सरकारसँग मिलेर काम गर्न भनेका छौ ।’
यसैगरी उनले संविधान जारी भएको दिनको अवसरमा असोज ३ गते एनटिभी वल्डको घोषणा गर्ने पनि बताए ।
‘संविधान जारी भएको दिनको असोज ३ गते एनटिभी वल्डको लन्च हुन्छ । त्यो किन जन्मिन्छ भने हामी नेपालभित्रको मात्र हेरेर भएर हैन नि नेपाल त संसारको एउटा इकाइ हो,’ उनले थप भने, ‘हामीले संसारभरको मानिसलाई भन्न सक्नुपर्छ नेपाल कस्तो मुलुक हो?नेपाल कहिलेदेखी स्वतन्त्र छ ? नेपालको भाषा, संस्कृतिका बारेमा विश्वसामु पस्किनुपर्छ ।’ विश्वको डिजिटल कूटनीतिका सन्दर्भमा, नेपालले अन्तरराष्ट्रिय मञ्चहरूमा समावेशी डिजिटल रूपान्तरणको पक्षमा आवाज उठाउँदै आएको उनले बताए ।
राष्ट्रिय युवा सङ्घका अध्यक्ष छितिज थेबेले नेपाललाई कसरी राम्रो बनाउँदै विकसित र सुन्दर बनाउन सकिन्छ भनेर नेतृत्वदायी भूमिका निर्वाह गर्दै समयसापेक्ष सूचना प्रविधिको विकासलाई अगाडि बढाउन लागिपरेको बताए । उनले सूचना प्रविधिले ल्याएको परिवर्तनलाई स्वीकार गर्दै विश्वभर रहेका सम्भावनालाई मध्यनजर गरेर नेपाललाई सूचना प्रविधिको केन्द्र बनाउन सकारात्मक सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...