काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति अध्यावधिक गरेको छ । आयोगको बुधबारको बैठकले रास्वपाले पदाधिकारी तथा सदस्य हेरफेरका लागि दिएको निवेदन अध्यावधिक गरेको हो । आयोगले रास्वपाले गत असार ७ मा गरेको निर्णय अनुसार पदाधिकारी हेरफेरको अद्यावधिक गरेको हो ।
अद्यावधिक गरिएको अभिलेख अनुसार महामन्त्रीमा कविन्द्र बुर्लाकोटी छन् । पदाधिकारीमा सहमहामन्त्री एक जना मात्रै रहेको अद्यावधिक गरिएको छ ।अध्यावधिक भएको विवरण अनुसार रास्वपाको १० जनाको पदाधिकारी रहेको छ भने ६२ सस्यीय केन्द्रीय समिति रहेको छ ।
प्रवक्ताको जिम्मेवारीमा मनिष झा रहेका छन् ।
निर्वाचन आयोगले रास्वपामा पदाधिकारीमा भएको हेरफेर नभएको जानकारी गराएपछि त्यसको आधारमा पूर्वमहामन्त्री मुकुल ढकाल सर्वोच्च अदालत गएका थिए । ढकालको रिट सर्वोच्चले मंगलबार खारेज गरेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...