जनकपुरधाम । जनकपुरमा रेल र कार ठोक्किएका छन् । जनकपुरको थापाचोकस्थित रेलवे लिक क्रस गर्ने क्रममा बागमती प्रदेश ०१-२५ च १२९० नम्बरको कारसँग रेल ठोक्किएको प्रहरीले जानकारी दिएको छ। बिहान ८ः३० बजे महोत्तरीको पिपराढी स्टेशनबाट जनकपुरधामतर्फ आउँदै गरेको नेपाल रेल्वेको रेलसँग ठोक्किएको हो ।
प्रहरीका अनुसार भांगहाबाट जनकपुरतर्फ जाँदै गरेको अवस्थामा सोही क्रममा थापाचोकतिरबाट जानकी मन्दिरतर्फ जान लागेको कारले लिक क्रस गर्न खोजेपछि रेलसँग ठोक्किएको हो । स्थानीय प्रत्यक्षदर्शीहरूका अनुसार रेलले कारलाई ठक्कर दिँदा ठुलो आवाज आएको थियो । कारमा तीन जना सवार थिए । उनीहरुलाई सामान्य चोटपटक लागेको छ भने कारमा ठुलो क्षति पुगेको छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...