२०८३ बैशाख ९
April 22, 2026, Wednesday

बागमतीमा तीन मन्त्री नियुक्त

बागमतीमा तीन मन्त्री नियुक्त

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले तीन मन्त्री नियुक्त गरेका छन् । मुख्यमन्त्री लामाले बुधबार गोविन्द लम्साल, माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका हुन् ।

लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी दिइएको छ भने माया श्रेष्ठ र गीता गुरूङको जिम्मेवारी तोकिएको छैन । नियुक्त गरिएका मन्त्रीहरुको आजै सपथग्रहण गर्नेगरी तयारी गरिएको छ ।

बागमतीमा काँग्रेसका पाँच मन्त्रीले लामाविरुद्धको अविश्वास प्रस्तावलाई समर्थन गर्दै राजीनामा दिएका थिए ।

पार्टी संसदीय दलमा विश्वास गुमाएका लामाले गठबन्धन सरकारमा मुख्यमन्त्री हुन संसदीय दलको नेता हुन आवश्यक नरहेको तर्क गर्दै अविश्वास प्रस्ताव पारित भएपछि राजीनामा दिन अस्वीकार गरेका छन् ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ श्रावण १४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ श्रावण १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ श्रावण १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP