२०८३ बैशाख १४
April 27, 2026, Monday

एक करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजा कार्यक्रम आयोजना हुँदै

एक करोड बज्रगुरु मन्त्रजप तथा विश्व शान्ति पूजा कार्यक्रम आयोजना हुँदै

संवाददाता / काठमाडौं, साउन ९ | प्राचीन अनुवाद एकमात्रि गुरु संघ नेपाल (Ancient Translation Universal Mother’s Guru Association Nepal) को आयोजनामा छ्योइकोर धुइछेन (धर्म प्रवर्द्धन दिवस) तथा गुरु पद्मसम्भवको जन्म महातिथिको पावन अवसरमा आयोजना गरिने एक करोड बज्रगुरु मन्त्रजप तथा साधना विश्व शान्ति पूजा कार्यक्रम यही साउन १२ गतेदेखि सुरु हुने भएको छ। यस विशेष धार्मिक आयोजनाले समस्त प्राणी जगतको हित, कल्याण र विश्व शान्तिको कामनासहित सात दिनसम्म विविध साधना, पूजा, मन्त्रजप र प्रवचन कार्यक्रमहरू समेट्नेछ।

उद्घाटनदेखि समापनसम्मको कार्यक्रम : कार्यक्रमको उद्घाटन समारोह साउन १२ गते परमपुजनीय गुरु क्याब्जे टुल्कु लोसाङ नाम्गेल रिन्पोछेको प्रमुख आतिथ्यतामा हुनेछ। त्यसपछि क्रमशः: साउन १३ गते: गुरु टुल्कु साङ्गे शेडुब तेन्जिङ रिन्पोछे साउन १७ गते: गुरु छोकटुल धोन्डुप रिन्पोछे साउन १९ गते: गुरु डोल्पो टुल्कु उग्यान छोइङ येसे रिन्पोछेको दिव्य उपस्थिति रहनेछ। यस दिन समापन समारोह र वाङ कार्यक्रमसमेत सम्पन्न हुनेछ। दैनिक साधना र प्रवचन: कार्यक्रम अवधिभर बिहान ७:०० बजेदेखि साँझ ५:०० बजेसम्म पूजा, मन्त्रजप र विशेष साधना गरिने छ।

साथै, दैनिक एक घण्टा श्रद्धेय खेन्पोज्यूहरूबाट धार्मिक प्रवचनसमेत हुनेछ। उल्लेखनीय उपस्थितिमा रहेका प्रमुख धर्मगुरुहरू: क्याब्जे टुल्कु लोसाङ नाम्गेल रिन्पोछे क्याब्जे डोल्पो टुल्कु रिन्पोछे क्याब्जे छोकटुल धोन्डुप रिन्पोछे क्याब्जे साङ्गे तेन्जिङ रिन्पोछे लामा डग्मा पेमा राइडाल खेन्पो सोमान छिरिङ घिसिङ नाम्बाङ खेन्पो यर्मे कञ्चुप खेन्पो मिङ्मार लामा कार्यक्रम स्थान: संस्थाको कार्यालय, बौद्ध तामाङ भवन सम्पर्क: ०१४-५८४५५५ पुण्य लाभ लिनुहोस्: कार्यक्रम आयोजकले समस्त श्रद्धालुजनहरूलाई पवित्र उपस्थितिको लागि हार्दिक निमन्त्रणा गरेको छ। धर्मप्रति आस्था, शान्तिको कामना र समृद्ध साधनाको लागि यो एक दुर्लभ अवसर हुने आयोजकको भनाइ छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ श्रावण ९

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ श्रावण ९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ श्रावण ९

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP