२०८३ बैशाख ९
April 22, 2026, Wednesday

एमालेको नयाँ विधान: पदाधिकारी ११ जना मात्र, वरिष्ठ उपाध्यक्ष नहुने

एमालेको नयाँ विधान: पदाधिकारी ११ जना मात्र, वरिष्ठ उपाध्यक्ष नहुने

काठमाडौँ । नेकपा एमालेमा पार्टीको विधानमा नयाँ व्यवस्था प्रस्ताव गरिएको छ । बिहीबारको सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेलले पदाधिकारी संख्या घटाउनेसहितका नयाँ प्रस्ताव पेश गरेका छन् ।

विधान मस्यौदा समिति तयारीको जिम्मेवारी पाएका पौडेलले वरिष्ठ उपाध्यक्षसहित पदाधिकारी संख्या घटाउने प्रस्ताव पेश गरेका छन् ।

एमालेको भदौमा हुने विधान अधिवेशन अघि विधानको व्यवस्थामा छलफल शुरु गरेको छ । ललितपुरको गोदावरीमा २०७८ को असोजमा सम्पन्न एमालेको प्रथम विधान अधिवेशनले पदाधिकारीमा वरिष्ठ उपाध्यक्ष पद थपेको थियो । अहिले एमालेमा वरिष्ठ उपाध्यक्ष पदमा ईश्वर पोखरेल रहेका छन् । त्यस्तै एमालेमा ६ जना उपाध्यक्ष छन् ।

पौडेलले प्रस्ताव गरेको नयाँ व्यवस्थामा उपाध्यक्षको संख्या पनि घटाएर तीनमा झार्ने प्रस्ताव गरेका छन् । त्यस्तै हाल तीन उपमहासचिवको संख्या घटाएर एकमा सिमित गर्ने प्रस्ताव गरिएको छ भने सचिव संख्या ७ बाट घटाएर ५ बनाउन प्रस्ताव गरिएको छ ।

हाल एमालेमा १९ पदाधिकारी रहेका छन् भने प्रस्तावित विधानमा ११ को पदाधिकारी रहेको छ । सचिवालयमा पुगेको प्रस्तावित विधान शुक्रबार बस्ने पोलिटब्युरो र सोमबार बस्ने केन्द्रीय कमिटी बैठकमा थप छलफल गर्ने बताइएको छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ श्रावण १

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP