काठमाडौं। प्रमुख सत्ता साझेदार नेपाली कांग्रेस र नेकपा (एमाले) ले जनता समाजवादी पार्टी नेपाललाई सत्ता सहकार्यको प्रस्ताव गरेका छन्।
सोमबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेस–एमालेले यसअघिका त्रुटि सच्याउन आफूहरू तयार रहेको भन्दै सहकार्यका लागि आग्रह गरेको जसपा नेपालका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकिशोर यादवले जानकारी दिए।
‘हामी सँगै थियौं, किन समर्थन फिर्ताको निष्कर्षमा पुग्नुभयो भन्ने उहाँहरूको कुरा थियो। सहकार्य गरेर जाऔं, हिजोका कमीकमजोरी दोहोरिन दिनेछैनौं भन्नुभयो,’ यादवले सेतोपाटीसँग भने, ‘हामीले तपाईंहरूले प्रतिबद्धता अनुरूपको काम गर्नुभएन, गठबन्धनका निर्णयमा सामेल गराउनुभएन, जनसांख्यिक आधारमा बजेट वितरण भएन, मधेस अन्यायमा पर्यो भन्यौं।’
दुई ठूला दल, कांग्रेस र एमाले मिलेर सरकार चलाएपछि आफूहरूले बिनास्वार्थ, बिनाबार्गेनिङ बाहिरै बसेर समर्थन गरेको तर सरकार प्रतिबद्धताबाट एकपछि अर्को गरी पछि हट्ने मात्रै होइन जसपा नेपाललाई जहाँ पनि असहयोग गर्ने गर्न थालेपछि समर्थन गर्न नसकिएको उनले बताए ।
फेरि सहकार्यको ढोका खोल्ने हो भने प्याकेजमै सहमति हुनुपर्ने अडान आफूहरूले राखेको यादवको भनाइ छ।
‘संविधान संशोधन लगायत प्रतिबद्धता कार्यान्वयनमा तपाईंहरूमा उदासीनता देख्यौं। व्यवहार र अपनत्व हुने प्रकारले सत्ता गठबन्धनको निर्णयमा सहकार्य हुन सक्नुपर्नेमा त्यस्तो नभएको आफुहरले बैठकमा कुरा राखेको उनले बताए।
प्याकेजअन्तर्गत संघदेखि प्रदेशसम्म देखिएका त्रुटि सच्याउन तयार हुनुपर्ने, संसदमा विचाराधीन भूमिसम्बन्धी विधेयकमा जसपा नेपालले सुरूदेखि उठाउँदै आएका विषय समावेश हुनुपर्ने, सत्ता गठबन्धनभित्रको मुख्य निर्णयमा जसपा नेपालको सहमति र अपनत्व हुनुपर्ने लगायत कुरा रहेको यादवले बताए।
सोमबारको बैठकमा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष ओली, नेपाली कांग्रेसका सभापति प्रधानमन्त्री शेरबहादुर देउवा, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, जसपाका केन्द्रीय कार्यकारिणी समितिका सदस्य राजकिशोर यादव लगायत सत्तारुढ दलका अन्य नेताहरु सहभागी भएका थिए ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...