२०८३ बैशाख ५
April 18, 2026, Saturday

सेयर बजार २६ अंकले बढ्यो, सात अर्ब १२ करोडको कारोबार

सेयर बजार २६ अंकले बढ्यो, सात अर्ब १२ करोडको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आईतबार नेप्से परिसुचक एकै दिनमा २६.५३ अंकले बढेर २६ सय २२.२८ अंकमा पुगेर रोकिएको छ ।अघिल्लो कारोबार दिन बिहीबार ४.४५ अंकले घटेर २६ सय बिन्दुभन्दा तल झरेको नेप्से आईतबार १.०२ प्रतिशतले वृद्धि हुँदै २६ सयभन्दा माथिल्लो विन्दुमा पुगेर रोकिएको हो ।
यस दिन सेन्सेटिभ इण्डेक्स ४.७० प्रतिशतले बढेको छ । अघिल्लो कारोबार दिन यो इन्डेक्स १.२१ अंकले घटेको थियो । यस दिन फ्लोट इण्डेक्स २.०५ अंकले बढेको छ, यस अघि यो इन्डेक्स ०.३८ अंकले घटेको थियो । त्यसैगरी आज सेन्सेटिभ फ्लोट इण्डेक्स १.७५ अंकले बढेको छ ।

अघिल्लो कारोबार दिनभन्दा यस दिन भने कारोबार रकम केहि घटेको छ । आज कुल ३२८ स्टकको ७ अर्ब १२ करोड १७ लाख ३६ हजार ११४ रुपैयाँको १ करोड ६६ लाख ४३ हजार ११४ कित्ता शेयर खरिद बिक्री भएको छ । यस अघि बिहीबार कुल ७ अर्ब ७८ करोड २ लाख ४२ हजार २४३ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।यसदिन सप्तकोशी विकास बैंक लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस कम्पनीको शेयर मूल्य आज ९९.५२ रुपैयाँले बढेर १ हजार ९५.४० रुपैयाँमा अन्तिम कारोबार भएको छ । विन्ध्यवासीनी हाइड्रो पावर विकास कम्पनी लिमिटेडको शेयर मूल्य आज ८.९७ प्रतिशतले बढेर ४९५.६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी माछापुच्छ«े बैंकको डिबेन्चरको मूल्य पनि ९०.३० रुपैयाँले वृद्धि हुँदै १२ सय ५.५० रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

यसदिन जोशी हाइड्रो पावरको शेयर मूल्य सबैभन्दा धेरै ५.५७ प्रतिशत अर्थात १९.३१ रुपैयाँले घटेर ३२७.७४ रुपैयाँमा अन्तिम कारोबार भएको छ । युनीलिभर नेपाल लिमिटेडको शेयर मूल्य १ हजार ६३८ रुपैयाँले घट्दै ४५ हजार २५० रुपैयाँमा अन्तिम कारोबार भएको छ । त्यसैगरी यस दिन पञ्चकन्या माइ हाइड्रो पावर, पियोर इनर्जी लिमिटेड र बुटवल पावर कम्पनी लिमिटेडको शेयर मूल्य पनि सर्वाधिक घटेको छ ।

आज साहस उर्जा लिमिटेड, बुटवल पावर कम्पनी, युनियन हाइड्रो, नाग्दी ग्रुप र राधि जलविद्युत कमपनीको शेयर सर्वाधिक कारोबार भएको छ ।

Related News

४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
४७ अंकले घट्यो नेप्से, कारोबार रकममा पनि गिरावट
  • २०८२ असार १५

कोशीपारी अनलाइन संवाददाता चैत्र १६, काठमाण्डौं शेयर बजारमा गिरावटको क्रम जारी रहँदा साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

निजी क्षेत्रको एकता बलियो बनाउन राजनीतिक सदस्यता त्यागौं : अञ्जन श्रेष्ठ
निजी क्षेत्रको एकता बलियो बनाउन राजनीतिक सदस्यता त्यागौं : अञ्जन श्रेष्ठ
  • २०८२ असार १५

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का वरिष्ठ उापाध्यक्ष तथा आगामी अध्यक्ष अञ्जन श्रेष्ठ श्रेष्ठले निजी...

नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
नेप्से सामान्य सुधारसहित बन्द, कारोबार रकम घट्यो
  • २०८२ असार १५

कोशीपारी अनलाइन चैत्र ९, काठमाण्डौं साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। दिनभर अधिकांश समय...

TOP