२०८३ बैशाख १३
April 26, 2026, Sunday

जयदेव गौतमको “किताबको अँगालोमा” लोकार्पित

जयदेव गौतमको “किताबको अँगालोमा” लोकार्पित

काठमाडौं । साहित्यकार तथा पत्रकार जयदेव गौतमको पुस्तक “किताबको अँगालोमा” पुस्तक-समीक्षा -सङ्ग्रह लोकार्पित भएको छ ।नेपाल स्रष्टा समाज केन्द्रीय समितिले राजधानीमा शुक्रबार आयोजना गरेको एक समारोहमा प्रा.डा.गोविन्दराज भट्टराई,श्रीओम श्रेष्ठ ‘रोदन,’प्रमोद प्रधान,डा.गिता त्रिपाठी लगायतले उक्त कृति लोकार्पण गरे ।

प्रमुख अतिथि प्रा.डा.भट्टराईले नेपाली भाषालाई विगार्नेहरुबाट सजग रहन आग्रह गरे । उनले विदेशमा बसेर पनि,स्वास्थ्य प्रतिकूल हुँदा पनि नेपाली भाषा साहित्यमा योगदान गरिरहेका स्रष्टा गौतमको प्रशंसा गरे ।
वरिष्ठ समालोचक प्रमोद प्रधानले कृतिको चर्चा गर्दै भने-“नेपाली साहित्यको पछिल्लो चरणमा कृति केन्द्रीत भएर लेखिएका समीक्षा ग्रन्थहरु कम छन् । केवल समीक्षकहरु स्रष्टाहरुको प्रशंसाको पूल मात्र बाँध्छन् तर गौतम कृतिका कमजोरीका बारेमा मज्जैले खुलेर लेख्ने हिम्मत गर्छन्।” प्रधानले समीक्षा गर्दा जयदेव गौतमले कृति छनौटमा सन्तुलन कायम राख्ने गरेको आफुले पाएको बताए । जयदेवजीको समीक्षा शैली आलोचनात्मक चेतले भरिएको बताउँदै गौतमलेपचास साल पहिलाका कृतिको पनि समीक्षा गरेको प्रधानले जानकारी दिए ।अर्की समालोचक डा.गीता त्रिपाठीले आँखाबाट ओझेल परेपनि ओझेल नभएको व्यक्तिको रुपमा गौतमको चर्चा गरिन् । शारीरिक अस्वस्थताको बाबजुद किताब पढ्नु र तीनको समीक्षा गर्नु महत्वपूर्ण कुरा भएकोमा उनले जोड दिइन् । उनले भनिन्- “नाटकबाहेकका विधा समेटिएको प्रस्तुत समीक्षा कृतिमा ४२ वटा आलेखहरु रहेका छन् । अब्बल समीक्षा रहेका छन् । तथ्यपरक समीक्षा लेखेर उनले लेखकलाई सचेत पार्ने कोशिस गरेका छन् ।” डा.त्रिपाठीले बौद्धिक,तथ्यपरक र अनुसन्धानात्मक समीक्षा रहेको बताइन् ।

नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले भने-“विदेशमा बसेर प्रतिकूल स्वास्थ्य हुँदाहुँदै पनि देशमा प्रकाशित हामीले समेत पढ्न नपाएका पुस्तकहरु अध्ययन गरी निर्भयका साथ समीक्षामा कलम चलाउने हिम्मत गर्ने व्यक्ति जयदेव गौतमले विरामी भएर,अशक्त भएर चुप लागेर बस्नुहुन्न भन्ने सन्देश दिएका छन् ।”

गौतम हाल अमेरिकाको भर्जिनिया बस्छन् । उनले पठाएको लिखित मन्तव्य उनका साथी विजय थापाले पढेर सुनाएका थिए । उक्त मन्तव्यमा भनिएको थियो- “स्वास्थ्यका कारण शशरीर उपस्थित हुन सकिन् । विकसित देशमा समीक्षाको अत्यन्तै महत्वपूर्ण स्थान हुने गरेकोमा नेपालमा त्यो परिस्थिति कुनैदिन आउनेछ।” उनले कृतिको प्रकाशनसँग जोडिएका सबैलाई धन्यवाद दिएका थिए ।श्रीओम श्रेष्ठ ‘रोदन’को अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य शंकर भारतीले दिएका थिए । कार्यक्रमको सञ्चालन समाजका सचिव प्रकाश घायलले गरेका थिए ।
किताब अँगालोमा लाई सुन्दर स्वदेश पब्लिकेशनले प्रकाशनमा ल्याएको हो ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ असार १३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ असार १३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ असार १३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP