२०८३ बैशाख १३
April 26, 2026, Sunday

गोकर्णेश्वरमा ११औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहका साथ सम्पन्न

गोकर्णेश्वरमा  ११औँ अन्तर्राष्ट्रिय योग दिवस उत्साहका साथ सम्पन्न

 काठमाडौँ, असार ७ |  अन्तर्राष्ट्रिय योग दिवस २०२५ (११औँ संस्करण) का अवसरमा गोकर्णेश्वर नगरपालिका वडा नं. ५ को आयोजनामा र गोकर्णेश्वर स्काउट, स्थानीय सामाजिक संस्थाहरुको सहजीकरण तथा समन्वयमा एक विशेष योग कार्यक्रम सम्पन्न गरिएको छ। “एउटा पृथ्वी, एउटै स्वास्थ्यका लागि योग” भन्ने यस वर्षको नाराका साथ आयोजित कार्यक्रम गोकर्णेश्वर–जगडोलस्थित यज्ञडोल सभाहलमा सम्पन्न भयो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, संघीय सांसद, योजनाविद्, अनुसन्धानकर्ता, मिडियाकर्मी, शिक्षाविद्, विद्यार्थी, महिला, बालबालिका, आईटी क्षेत्रका कर्मचारी, ग्र्यानी आर्मी र समाजसेवी लगायत १५० जना भन्दा बढी सहभागी थिए।

विशेष अतिथिहरूको सन्देश: कार्यक्रमको सभाध्यक्ष वडा नं. ५ का वडाध्यक्ष नन्दलाल श्रेष्ठ रहनुभएको थियो भने प्रमुख अतिथि संघीय सांसद तथा अर्थसमितिका सभापति सन्तोष चालिसेले आफ्नो मन्तव्यमा योगलाई अनुशासन र जीवनशैलीको अनिवार्य अभ्यासको रुपमा अवलम्बन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शिक्षा प्रणालीभित्रै योग र ध्यानलाई अनिवार्य रूपमा समावेश गर्न राज्यको नीति आवश्यक रहेको बताउनुभयो। पूर्व सांसद कृष्ण राई, विशेष अतिथि सुमन लामा, शिक्षाविद् भवानीप्रसाद पौडेल, पत्रकार एवं समाजसेवी मुकुन्द ढुँगाना, चार्टर्ड एकाउन्टेन्ट अनिल कार्की, तथा स्काउटका अध्यक्ष सुरेश खड्का लगायतले योगको महत्व र नागरिक स्वास्थ्यमा यसको योगदानमाथि आफ्ना विचार राखे।

योग सत्रको अभ्यास: कार्यक्रमको उद्घाटन सत्रपछि योग प्रशिक्षक राजेन्द्र न्यौपानेको नेतृत्वमा योगका विभिन्न आसन, श्वासप्रश्वासको विधि, ध्यान, उत्प्रेरणात्मक अभ्यास, योग नृत्य, लगायतका गतिविधिहरु सञ्चालन गरियो। सहभागीहरूले योगको व्यावहारिक ज्ञानसँगै स्वास्थ्यप्रति सचेत बन्ने अवसर पाएका थिए।

अन्तर्राष्ट्रिय योग दिवस: सन् २०१४ डिसेम्बर ११ मा संयुक्त राष्ट्रसंघ (UN) को महासभाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको प्रस्तावमा आधारित रही जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा घोषणा गरेको हो। सन् २०१५ देखि प्रारम्भ भएको यो दिवस अहिले ११औँ संस्करण (२०२५) मनाइएको हो। दिवस मनाउने उद्देश्य विश्वभर मानव स्वास्थ्य, मानसिक शान्ति, र दिगो जीवनशैलीलाई प्रवर्द्धन गर्नु हो। यस वर्षको गोकर्णेश्वर नगरमा मनाइएको योग दिवस नारा र सहभागिताको हिसाबले अत्यन्तै प्रभावकारी रह्यो। नागरिकमा स्वास्थ्यप्रति चेतना जगाउन, योगलाई व्यवहारमा उतार्न, र सरकारी नीति निर्माणमा योगलाई केन्द्रमा राख्न यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान पुर्याउने देखिन्छ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ असार ८

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ असार ८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ असार ८

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP