काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका १२ देशका नागरिकलाई अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाउने घोषणापत्रमा हस्ताक्षर गरेका छन् ।
अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाइएका देशहरूमा अफगानिस्तान, म्यानमार, चाड, कंगो गणतन्त्र, इक्वेटोरियल गिनी, एरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन छन् । यसबाहेक बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएलाका नागरिकहरूमा आंशिक यात्रा प्रतिबन्ध लगाइएको छ ।
ट्रम्पले बुधबार राति सार्वजनिक भिडियो सन्देशमा भने, ‘कोलोराडोको बोल्डरमा हालै भएको आतंकवादी आक्रमणले हामीलाई विदेशी नागरिकहरूबाट आउने खतरा पुनः स्मरण गराएको छ, विशेषगरी ती जो बिना उचित जाँच अमेरिकामा प्रवेश गर्छन् वा भिसा अवधि समाप्त भए पनि फर्कदैनन्।’ ट्रम्पका अनुसार, पहिलो कार्यकालमा लागू गरिएको यात्रा प्रतिबन्ध नीति ‘सबैभन्दा सफल’मध्ये एक थियो, जसले अमेरिकामा सम्भावित ठूलो आतंकवादी आक्रमणहरू रोक्न सघायो ।
यो प्रतिबन्ध यही जुन ९ देखि लागू हुनेछ । ट्रम्पका तर्फबाट यस्तो घोषणा भएको यो दोस्रो पटक हो । यसअघि आफ्नो पहिलो कार्यकालमा ट्रम्पले सन् २०१७ मा यस्तै प्रकारको आदेशमा हस्ताक्षर गरेका थिए ।
ती देशका नागरिकले अमेरिकाको राष्ट्रिय सुरक्षा जोखिम पुर्याउने भन्दै अमेरिका यात्रा गर्न प्रतिबन्ध लगाएको समाचारमा उल्लेख छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...