चौरीदेउराली| काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिकाका अध्यक्ष रेणुका चौंलागाईंले स्थानीय किसानहरुलाई कृषि सामाग्री वितरण गरेका छन् । हिजो आइतबार गाउँपालिकाको कार्यालय ढाँडखर्क भञ्ज्याङमा एक कार्यक्रमको आयोजना गरि अध्यक्ष चौलागाईंले अनुदानमा कृषि यन्त्र तथा मिल वितरण गरेकी हुन् । किसानहरुलाई आधुनिक ट्रयाक्टर, मिल, मकै छोडाउने मेसिन, स्प्रे पम्प र बाँदर थपाउने मेसिन वितरण गरादै उनले उनले गाउँघरमा जोत्ने गोरु पाउने छोडेको अवस्थामा जोत्ने ट्रयाक्टरको प्रयोगबाट किसानले आफ्नो कृषि उत्पादन बृद्धि गर्ने विश्वास समेत व्यक्त गरेकी थिइन् । उनले “आजको समयमा विकास भएको प्रविधिको उच्चतम प्रयोगले जीवन सहज, सरल, मितव्ययी बनाउदै आर्थिक विकासको पाटोमा महत्वपूर्ण भुमिका खेल्ने बताइन् ।

उनले कृषिमा आधारित समुदायको आवश्यकतालाई मध्यनजर गर्दै ५० प्रतिशत अनुदानमा कृषि यन्त्रहरु वितरण गरेको बताइन्। अध्यक्ष चौलागाईंका अनुसार गाउँपालिकाले बनाएको नीति, कार्यक्रम र बजेट कार्यन्वयन गर्ने क्रममा निवेदन आह्वान गरे अनुसार तोकिएको आवश्यक मापदण्दलाई टेकेर वडा कार्यालयबाट सिफारिस लिएर आएका किसानहरुलाई नदोहोरिने गरी ९० थान मिनि टिलर ट्रयाक्टर, १ थान पावर टिलर, ६९ थान धान कुट्ने मिल, ३ थान पिसानी मिल, २७ थान मकै छोडाउने मेसिन, ६० थान स्प्रे पम्प र ५ थान बाँदर धपाउने मेसिन वितरण गरिएको हो ।
कृषि सामग्री वितरण पछि स्थानीय क्षेत्रमा कृषि फार्म सञ्चालन गर्दै आएका किसान राजु परियारले गाउँपालिकाबाट प्राप्त यस खालको सहयोगबाट कृषिलाई व्यवसायिक रुपमा लैजान सघाउने बताए । गोरुको सट्टा कम लगानीमा ट्रयाक्टरले जोत्दा बढि फाइदा हाँसील गर्न सकिने उल्लेख गर्दै उनले कृषि उत्पादन विस्तार गर्ने सोच आएको बताए । यस अघि पनि चाौंरीदेउारली गाउँपालिकाले कृषिमा औजारीकरण गर्न किसानलाई यस्ता सामाग्रीहरु वितरण गर्दै आएको छ । उक्त कृषि सामाग्री वितरण कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष चित्र प्रसाद चाौंलागाईं, प्रमुख प्रशासकीय अधिकृत महानदास लामा समेतको सहभागिता रहेको थियो ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...