२०८३ बैशाख ४
April 17, 2026, Friday

चम्किए लखनउ विरुद्ध कप्तान जितेश र विराट,बैंग्लुरुको सानदार जित

चम्किए लखनउ विरुद्ध कप्तान जितेश र विराट,बैंग्लुरुको सानदार जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) मा लिग चरणको अन्तिम खेलमा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसिबी) ले लखनउ सुपर जायन्ट्सलाई ६ विकेटले हराउँदै पहिलो क्वालिफायरमा स्थान सुरक्षित गरेको छ । मंगलबार राति सम्पन्न खेलमा लखनउले दिएको २ सय २८ रनको लक्ष्य आरसिबीले १८.४ ओभरमा ४ विकेट गुमाउँदै पूरा गरेको हो ।

त्यसअघि १२औं ओभरमा विराट कोहली आउट भएपछि दबाबमा आएको बेंगलुरुका लागि जितेशले म्याच विनिङ पारी खेलेका हुन् । कोहली ५४ रनमा आउट भएका थिए ।जितेशले ४९ रनमा जीवनदान पाएका थिए । दिग्वेश राठीको बलमा क्याचआउट भएपनि उक्त बल ब्याकफूट नो बल ठहरिएको थियो । त्यसपछि जितेशले पछाडि फर्किएर हेरेनन् ।

लखनउका लागि विलियम ओ’रुर्कले ४ ओभरमा ७४ रन खर्चेर २ विकेट लिए। आवेश खान र आकाश सिंहले १(१ विकेट लिए ।त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनउले कप्तान रिषभ पन्तको अविजित शतक मद्दतमा २० ओभरमा ३ विकेट गुमाएर २२७ रन बनाएको थियो । रिषभ पन्तले अविजित ११८ रन बनाए । मिचेल मार्शले ३७ बलमा ६७ रन बनाए ।

बेंगलुरुका नुवान थुसारा, रोमारियो शेपहर्ड र भुवनेश्वर कुमारले १र१ विकेट लिए ।यो सँगै बेंगलुरुले १४ खेलमा १९ अंक जोड्दै नेट रनरेटमा पञ्जाबभन्दा पछाडि दोस्रोमा  छ ।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ जेष्ठ १४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ जेष्ठ १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ जेष्ठ १४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP