काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा राजस्थान रोयल्सले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।
राजस्थानले मंगलबार लिग चरणको आफ्नो अन्तिम खेलमा चेन्नाई सुपर किंग्सविरुद्ध ६ विकेटको जित निकाल्दै यो सिजनको अन्त्य गरेको हो ।दिल्लीमा भएको खेलमा चेन्नाईले प्रस्तुत गरेको १८८ रनको लक्ष्य राजस्थानले १७ बल बाँकी छँदै चार विकेट गुमाएर पूरा गर्यो ।
राजस्थानको जितमा वैभव सूर्यवंशीले ३३ बलमा चार चौका र चार छक्कासहित ५७ रन जोडे ।कप्तान सञ्जु सामसनले ४१, यशस्वी जैसवालले ३६, ध्रुव जुरेलले ३१ र सिम्रन हेटमायरले १२ रन थपे ।
चेन्नाईका रविचन्द्रन आश्विनले दुई विकेट लिए । असुल कम्बोज र नुर अहमेदले समान एक विकेट लिए ।
त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको चेन्नाईले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १८७ रन बनाएको थियो ।
चेन्नाईका आयुश महात्रेले ४३ रन बनाए । देवाल्ड ब्रेविसले ४२, शिभव दुवेले ३९, कप्तान महेन्द्रसिंह धोनीले १६ र रविचन्द्रन आश्विनले १३ रन थपे ।
राजस्थानका आकाश मधवाल र युद्धवीर सिंहले समान ३ विकेट लिए । राजस्थान र चेन्नई यसअघि नै लिग चरणबाट बाहिरिसकेका छन् । राजस्थान ८ अङ्कसहित तालिकाको नवौं स्थानमा र चेन्नई ६ अङ्कका साथ पुछारमा छ ।
आईपीएल क्रिकेटमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...