२०८३ बैशाख ९
April 22, 2026, Wednesday

प्रतिनिधिसभाको बैठक: विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग

प्रतिनिधिसभाको बैठक: विद्युत् आपूर्तिमा देखिएको समस्या समाधान गर्न माग

काठमाडौंं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले समयसमयमा विद्युत् आपूर्ति बन्द हुनुका कारणबारे सरकारको ध्यानाकर्षण गराएका छन् उनीहरूले विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरेका हुन्।

प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै

  •  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिव नेपालीले भने, “अहिले घरघरमा अध्याँरो भइरहेको हुन्छ, बत्ती झ्यापझ्याप गइरहेको छ, यसका कारणबारे जानकारी गराइ यथाशीघ्र समस्या समाधान गर्न आग्रह गरेका छन् ।
  •  नेकपा (माओवादी केन्द्र)का सांसद दुर्गा राईले झ्यापझ्याप जानु सरकारको आयुको संकेत हो भनेर प्रश्न गरेकी छन्  ।
  • नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद सूर्यमान तामाङ (दोङ) ले विद्युत प्राधिकरणको लापरबाहीका कारण विद्युत क्षेत्रमा काम गर्ने कामदारको अनाहकमा मृत्यु भइरहेको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।
  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले काभ्रेपलाञ्चोकमा विद्युत जडानका क्रममा उमेश परियारको करेन्ट लागेर मृत्यु भएको घटनाप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।
  • नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बरालीले केही दिनअघि विद्युत् मर्मतका क्रममा करेन्ट लागेर मृत्यु भएका २८ वर्षीय उमेश परियारको परिवारलाई उचित राहत र क्षतिपूर्ति दिलाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले विद्युत आपूर्तिमा देखिएको समस्या तत्काल समाधान गरी नियमित आपूर्तिका लागि सरकारसँग माग गरेका हुन्।

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०८२ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०८२ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०८२ जेष्ठ ४

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP