विराटनगर : प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले विश्वासको मत लिने भएका छन् । नेकपा एमाले विभाजन भएपछि उनले संवैधानिक व्यवस्था अनुसार प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री आचार्यले प्रदेशसभामा विश्वासको मतका लागि आज मतदान हुने कार्यतालिका रहेको छ। प्रस्तावमाथि छलफल र मतविभाजनका लागि सभामुख प्रदीपकुमार भण्डारीले आज साढे १२ बजे नवौं तथा हिउँदे अधिवेशनको चौथो बैठक बोलाएका छन् ।
एमाले पार्टी एकताका लागि भन्दै मुख्यमन्त्री रहेका शेरधन राईले राजीनामा दिएपछि आचार्य गत भदौ १० गते मुख्यमन्त्रीमा मुख्यमन्त्री बनेका हुन्। एमाले विभाजन भएका कारण अल्पमतमा रहेका आचार्यले प्रदेशसभामा विश्वासको मत पाउने सम्भावना छैन । ९२ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा बहुमतका लागि ४७ मत आवश्यक पर्छ ।
प्रदेशसभामा विपक्षी गठबन्धनको पक्षमा ५० जना सांसद् छन् । एक सांसद रहेको राप्रपा भने कुनै पक्षमा खुलेको छैन । विपक्षी गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईलाई मुख्यमन्त्रीको रुपमा अघि सार्ने तयारी छ।
आज बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत नपाए प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् । मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते संसद् सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बसेको बैठकमा उनले सो प्रस्ताव टेबल गरेका थिए ।
मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेस गरेपछि सभामुखले छलफल र मत विभाजनका लागि आजसम्म बैठक स्थगित गरेका थिए । ९३ प्रदेशसभा सदस्य (हाल ९२ ) जना रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...