काठमाडौँ : आईसीसी टी–२० विश्वकप अन्तर्गत सुपर १२ चरणका खेल आजदेखि सुरु हुने भएका छन्। युएई र ओमानमा जारी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् ।
आबुधाबीमा हुने पहिलो खेलमा अष्ट्रेलिया र दक्षिण अफ्रीकाबीच प्रतिस्पर्धा हुनेछ। खेल नेपाली समय अनुसार दिउँसो ३:४५ बजे सुरु हुने छ । यस्तै, दोस्रो खेलमा इंग्ल्यान्ड र वेष्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछ। हेड टु हेड खेलहरूमा दुई टोली २१ पटक भिडेका छन् जसमा अस्ट्रेलियाले १३ र दक्षिण अफ्रिकाले ८ खेलमा जीत हासिल गरेका छन् ।
समूहको दोस्रो खेलमा साँझ वेष्ट इन्डिज र इंग्ल्याण्ड प्रतिस्पर्धा गर्ने छन्। यी दुई टोली बीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे सुरु हुनेछ। एकदिवसीय विश्वकप विजेता इंग्ल्यान्ड जित निकाल्दै सुखद सुरुआत गर्न चाहन्छ। साविक विजेता समेत रहेको वेस्ट इन्डिज पनि इंग्ल्यान्डलाई हराएर सुखद सुरुवात गर्न चाहन्छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...