काठमाडौँ : नेकपा एमालेको १०औँ महाधिवेशनमा विद्युतीय मतदान हुने भएको छ । च्यासलमा बसेको स्थायी कमिटी बैठकले आगामी मंसिरमा चितवनमा हुने राष्ट्रिय महाधिवेशनमा विद्युतीय मतदान गराउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
एमाले अध्यक्ष केपी ओलीले भर्चुअल माध्यमबाट देशभरका सबै वडामा एकसाथ अधिवेशन उद्घाटन गर्नेछन् । वडा अधिवेशनका लागि सबै जिल्ला कमिटीका बैठकले प्रतिनिधि खटाइसकेका छन् । कात्तिक २ देखि ४ गतेसम्म बसेका जिल्ला कमिटीका बैठकले वडा अधिवेशनमा प्रतिनिधि खटाएका हुन् । ६ हजार ७४५ वडामा शनिबार हुने अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
महाधिवेशनका लागि चयन प्रतिनिधिका मापदण्ड तय गर्न कार्तिक ११ गते स्थायी कमिटी र १२ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...