२०८३ बैशाख ९
April 22, 2026, Wednesday

प्रदेश १ का मुख्यमन्त्री आचार्यले शुक्रबार विश्वासको प्रस्ताव राख्ने

प्रदेश १ का मुख्यमन्त्री आचार्यले शुक्रबार विश्वासको प्रस्ताव राख्ने

 

काठमाण्डौं : प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले शुक्रबारको प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव राख्ने भएका छन् । आज बस्ने बैठकमा मुख्यमन्त्री आचार्यले संसद सचिवालयमा दर्ता गराएको विश्वासको मत सम्बन्धी प्रस्ताव पेश हुनेछ ।

सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशसभाको नवौं तथा हिउँदे अधिवेशनको तेस्रो बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । गत भदौ १० गते मुख्यमन्त्री नियुक्त भएका आचार्यले विश्वासको मत लिने सम्बन्धी प्रस्ताव असोज २५ गते सचिवालयमा दर्ता गराएका थिए । शुक्रबार बस्ने बैठकमा सो प्रस्ताव टेवल गरेपछि छलफलको प्रकृयामा जानेछ । शुक्रबारको बैठकमा छलफल गरेर मतदान भने केही दिन पर सार्ने सत्ता पक्षको तयारी छ । प्रदेश १ मा शुक्रबार प्रस्ताव टेवल गर्ने र छलफलपछि मतदानको मिति केही दिन पर सार्ने तयारी भएको हो । संसद सचिवालय स्रोतका अनुसार आइतबार मतदान हुनसक्छ ।

प्रदेशसभा सदस्य हाल ९२ जना रहेको प्रदेश १ मा दल विभाजन भएसँगै एमाले नेतृत्वको सरकार अल्पमतमा छ । संसदमा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशमा सत्तारुढ दल एमालेसँग ४१ जना मात्रै सांसद छन् । विपक्षी गठबन्धनमा ५० जना सांसद छन् ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ कार्तिक ५

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ कार्तिक ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ कार्तिक ५

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP