२०८३ बैशाख १३
April 26, 2026, Sunday

देशभर थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

देशभर थप ६६२ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु

काठमाडौं : पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै सोही अवधिमा १३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार ७०२२ पीसीआर परीक्षणमा ५३५ जना र १,४०४ एन्टिजेन परीक्षणमा १२७ जना गरी उक्त संख्यामा संक्रमण फेला परेको हो । त्यस्तै पछिल्लो २४ घण्टामा ७५८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ७ हजार ५२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ३१८ पुगेको छ भने ७ लाख ८४ हजार १५५ जना संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ जना रहेका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा १९२, रुपन्देहीमा ४१, कास्कीमा ३८, ललितपुरमा ३५, मोरङमा २८, भक्तपुरमा २३, चितवनमा १८, सुर्खेतमा १५, मकवानपुरमा १४, दाङमा ११ र झापामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 

Related News

भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
भारतमा व्यावसायिक एलपीजी र हवाई इन्धनको मूल्यमा भारी वृद्धि खाना पकाउने ग्यासको मूल्य भने यथावत
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...

कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...

‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
‘लालीबजार’ पोस्टरमा स्वस्तिमासँग देखिए डेब्यु अभिनेता विशाल
  • २०७८ कार्तिक ३

कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...

TOP