काठमाण्डौं : दुईवटा प्रदेशमा यसै साता मुख्यमन्त्री फेरिने भएका छन् । बागमती र प्रदेश १ मा अल्पमतमा परेका मुख्यमन्त्री फेरिने भएका हुन् ।
नेकपा एमाले विभाजनपछि दुवै प्रदेशका मुख्यमन्त्री अल्पमतमा परेका छन् । बागमती प्रदेशको मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरिसकेकी छन् ।
यस्तै, प्रदेश १ प्रदेशसभाको बैठक कार्तिक ५ गते शुक्रबारका लागि आह्वान गरिएको छ । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पनि प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । सत्तारुढ दल विभाजन भएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाका कारण दुवै प्रदेशका मुख्यमन्त्री विश्वासको मत लिन बाध्य भएका हुन् ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...