सल्यान : ७९वटा पालिका रहेको कर्णाली प्रदेशमा कांग्रेसको अधिवेशनमा सीता केसी एकमात्र महिला सभापति बन्ने अवसर पाएकि छन् । सल्यान छत्रेश्वरी गाउँपालिकाको सभापतिमा केसीले प्रतिद्वन्द्वी टेकबहादुर बिष्टलाई पराजित गर्दै बिजय हात परेकी हुन् ।
छत्रेश्वरी–४ लेखपोखराकी केसी २०७४ को स्थानीय तह निर्वाचनमा गाउँपालिका उपाध्यक्ष समेत निर्वाचित भएकी थिइन् ।राजनीतिमा चासो राख्ने परिवारमा जन्मियकी केसी लाइ ‘घरको वातावरणले पनि सानैदेखि राजनीति बुझ्न र यसमा लाग्न सहयोग गर्यो,’ उनले भनिन्, ‘अहिले राजनीतिलाई नै पेसा र कर्म बनाएकी छु ।’ कांग्रेसको १३ औं महाधिवेशनमा साविक दमाचौर गाविसबाट क्षेत्रीय प्रतिनिधि चयन भएकी उनी जिल्ला सदस्य पदमा पनि निर्वाचित भएकी थिइन् ।
१४ वर्षकै उमेरमा विवाह गरेकी केसीले २०६४ मा एसएलसी उत्तीर्ण भएकी उनले गाउँकै विद्यालयबाट कक्षा १२ को पढाइ सकेकी छन् । घरको आर्थिक अवस्था कमजोर भएपछि उनका पति नेबबहादुर केसी केही वर्ष वैदेशिक रोजगारीमा गए । ‘त्यो बेला पनि समाजसेवा र राजनीतिक काममा सक्रिय नै रहेको उनको भनाइ छ सशस्त्र द्वन्द्वको समयमा उनको परिवार विस्थापित समेत भएको थियो ।
छत्रेश्वरी गाउँपालिका अध्यक्ष सन्तोष केसी उपाध्यक्ष केसी सबैको प्रेरणाको स्रोत भएको बताउँछन् । ‘उहाँको आत्मविश्वास र काम गर्ने शैली अरूभन्दा धेरै फरक छ,’ उनले भने, ‘उहाँ जिम्मा लिएको काम नसकेसम्म अरू कुरामा वास्तै गर्नुहुन्न ।’ उनको सहयोगले स्थानीय सरकार चलाउन सहज भएको उनले बताए । स्थानीय तहको उपाध्यक्ष हुँदा पनि धेरै कुरा सिकेकाले राजनीतिमा थप सक्रिय बन्ने उनको योजना छ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...