फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेरटेले राजनीतिबाट सन्यास लिने घोषणा गरेका छन् । उनले राष्ट्रपतिको कार्यकाल सकिएलगत्तै सन्यास लिने घोषणा गरेका हुन् ।
यसअघि आगामी चुनावमा उपराष्ट्रपतिको उम्मेदवार बन्ने चर्चा चलेको थियो । फिलिपिन्सको संविधानमा राष्ट्रपति ६ वर्षमा एक कार्यकाल मात्र रहन पाउने व्यवस्था छ । डुटेरटे फिलिपिन्सका विवादास्पद राष्ट्रपति हुन् जसले चालेको लागूऔषधविरुद्धको लडाईंमा हजारौंको ज्यान गएको थियो । सन् २०१७ मा भएको घटनामा ६ हजार जना मारिएका थिए । मानवअधिकारवादी संस्थाले ३० हजारसम्म मारिएको प्रतिवेदन तयार गरेका छन् ।
डुटेरटेकी छोरी सारा डुटेरटे कारपिओले राष्ट्रपतिमा उम्मेदवारी दिने सम्भावना बढेको छ । उनले गत महिना आफू या पिता मध्ये एकजनाले उम्मेदवारी दिने बताएकी थिइन् । यसअघि गत अगस्टमा दुतार्तेले उपराष्ट्रपतिमा चुनाव लड्ने घोषणा गरेका थिए । विपक्षी दलहरुले भने दुतार्तेको उपराष्ट्रपति लड्ने योजनाको वैधताप्रति प्रश्न उठाएका थिए । उनीहरुले यो निर्णय संविधानको मर्मविपरीत रहेको बताएका थिए ।
विपक्षीको चर्को दबाबपछि दुतार्तेले आगामी वर्ष हुने उपराष्ट्रपतिको चुनाव नलड्ने र आफ्नो कार्यकाल समाप्तिसँगै राजनीतिबाट सन्यास लिने घोषणा गरे । २०१६ मा निर्वाचित भएका राष्ट्रपति दुतार्तेको कार्यकाल आगामी वर्ष सकिँदैछ ।
कोशीपारी अनलाइन चैत्र १८, काठमाण्डौं भारतमा व्यवसायीक एलपीजी ग्यास सिलिन्डरको मूल्यमा भारी वृद्धि भएको छ । इजरायल र इरान बिच...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ । नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति...
कोशीपारी अनलाइन चैत्र १७, काठमाण्डौं आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने फिल्म ‘लालीबजार’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ ।...